काठमाडौं । तीन दिनसम्म देशभरि नै मौसम बदली रही अधिकांश स्थानमा पानी पर्ने भएको छ । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शाखाका अनुसार हाल देशको पहाडि भू(भागहरुमा सामान्य बदलि रहेको छ ।
यस्तो रहनेछ तीनको मौसम
दिउँसोः देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा तथा पश्चिमी भु-भागका १-२स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिन्छ।
राति: देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका एक-दुइ स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।
चैत्र २२ गते (शुक्रबार) :
दिउँसोः देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा, पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।
राति: देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।
चैत्र २३ गते (शनिबार ) :
दिउँसोः देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।
राति: देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन साथ हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५, १४:०३