काठमाडौँ । चीनले नेपाललाई नोबेल कोरोना भइरसविरुद्धको १० लाख मात्रा खोप दिने घोषणा गरेको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनिया राष्ट्रपति सि जिन फिङले १० लाख मात्रा खोप अनुदानमा दिने घोषणा गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय शीतलनिवासका अनुसार दुवै राष्ट्रपतिबीच ४५ मिनेट कुराकानी भएको थियो ।
कुराकानीमा राष्ट्रपति भण्डारीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन चिनिया समकक्षी फिङसँग अनुरोध गर्नुभएको थियो ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा राष्ट्रपति फिङले गरेको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएको हो ।
चीनले नेपाललाई ८ लाख मात्रा भेरोसेल खोप यसअघि नै अनुदानमा दिएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८, १८:१३