काठमाडौं । नेपाल बार एसोशिएसनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी हुनु भएको छ । आज बिहीबार अपराह्न सकिएको मतगणानामा प्रगतिशील समूहका श्रेष्ठ विजयी हुनु भएको हो ।
लोकतान्त्रिक समूहका सुनीलकुमार पोखरललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । महासचिवमा भने वामपन्थी उम्मेदवार सुरेन्द्र थापामगरलाई हराउँदै लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी हुनु भएको छ । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्षसहित धेरैजसोपदहरुमा वामपन्थी उम्मेदवारहरु विजयी भएका छन ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५, १८:३९