हाम्रो घरको माली गाईको बेतबाट उ जन्मदा हामी निकै खुशी भएका थियौँ । मेरो बालसुलभ स्वार्थ बिगौती दूध खान पाइने भयो भन्ने थियो । अभिभावकहरूको स्वार्थचाहिँ बाच्छो जन्मेकोले ठूलो भएपछि खेतबारी जोत्ने गोरु थप हुने भयो भन्ने थियो ।
किन कि हाम्रो खेतबारी प्रशस्त भएकाले जोत्नको लागि धेरै हल गोरुहरूको आवश्यक्ता पथ्र्यो । ऊ जन्मेपछि माली गाईको दूध, पोषिलो दानापानी तथा घाँसपातको उपलब्धताले हृष्टपुष्ट हुँदै गएको थियो ।
ऊ हुर्कँदै बढ्दै जाँदा हामी उसैको पछि दगुर्ने, खेल्ने गथ्र्यौ । निकै सुन्दर एवं मायालु पनि थियो । तर बिस्तारै उदण्ड पनि हुँदै गएको थियो । उस्लाई हामी जति माया गथ्र्यौँ, ऊचाहिँ हामीसँग आफ्नो टाउको तल पारेर हुँक्का गर्दै सिँगौरी खेल्न आउँथ्यो ।
हामी उसको टाउकोमा हातले छेकेर उस्लाई धकेलथ्यौँ । खैरो रङ्गको मोटोहुँदै हुर्केको अब उसको सिङ उम्रेर बढ्दै गएको थियो । जुरो पनि बढ्दै गयो । ऊ सिँगौरी खेल्न आउँदा उस्को सिङ समातेर पछाडि धकेल्थ्यौँ तर ऊ बलियो पनि हुँदै जाँदा उन्मत्तोन्मुख पनि देखिँदै गयो ।
ऊ अब निकै मैमत्त भइसकेको थियो । आफूभन्दा कमजोरलाई मात्र होइन, आफूभन्दा जेठो र बलियाहरूसित पनि सिँगौरी खेल्न गइहाल्थ्यो । उसको मैमत्तापनदेखि हामी पनि दिक्क हुन थालेका थियौँ । ऊ अब कोरली गाई खोज्न पनि थालिसकेको थियो ।
घरमा यसलाई अब पाटी (नसबन्दी गर्ने काम) लगाउनु पर्छ भनेर तयारी गर्दागर्दै एक दिन त ऊ डाँडापारि गोठालोको कोरली गाईसँगै भागेछ । उसलाई खोज्दै लिन गएका ४/५ जना हट्टाकट्ठा जवानहरूलाई पनि हुक्का गरेर सातो लिएछ ।
अरुको गोठका कोरली गार्ई पछ्याउंदै जाने बानी उसमा लागिसकेको थियो । कति चोटी हराएर खोज्न जाँदा कहिले अरु छिमेकीको गोठमा भेटिन्थ्यो त कहिले कान्जि हाउसमा । हैरान पारेको थियो ।
एक पटक यस्तै कोरली गाईको पछि लागेर ऊ गएछ । कोरली गाईको गोसाले उसलाई लखेट्दा बारीमा लगाएको तरकारी तथा अन्नबाली माडिन पुगेछ । गाइ धनी र हाम्रो घरको सम्बन्ध नै बिग्रेको थियो ।
यसरी ऊ मैमत्त हुँदैजाँदा जोत्ने काममा लगाउँदा पनि सीधा मेसोमा नहिँडी कहिले दायाँ, कहिले बायाँ गरेर हल जोडिको र जोताहा हलीको पनि हुर्मत काढ्थ्यो ।
घरमा यसलाई अब पाटी (नसबन्दी गर्ने काम) लगाउनु पर्छ भनेर तयारी गर्दागर्दै एक दिन त ऊ डाँडापारि गोठालोको कोरली गाईसँगै भागेछ ।
उसलाई खोज्दै लिन गएका ४/५ जना हट्टाकट्ठा जवानहरूलाई पनि हुक्का गरेर सातो लिएछ ।
बल्लबल्ल घरमा ल्याएको उन्मत्त साँढे अब पाटि (नसबन्दी गर्ने काम) लगाएपछि ठिक ठाउँमा आउने आशामा छौँ ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८, ११:४५