काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिन फिङले घोषणा गरेको कोरोनाविरुद्धको १० लाख मात्रा खोपमध्ये ९ लाख मात्रा आज नेपाल आइपुग्ने भएको छ ।
खोप लिएर नेपाल वायु सेवा निगमको जहाज दिउँसो साढे २ बजे काठमाडौँ अवतरण गर्ने छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान गएराति बेइजिङ गएको र दिउँसो आइपुग्ने सीआईएनलाई जानकारी दिनुभयो ।
निगमको विमानले ८ लाख मात्रा भेरोसेल खोप ल्याउनेछ भने थप १ लाख खोपको मात्रा तीब्बतबाट आजै हिमालयन एअरलायन्सको जहाजले काठमाडौँ ल्याउने भएको छ ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।
चिनियाँ साइनोफार्मले उत्पादन गरेको भेरोसेल खोप आउन लागेको हो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपलब्ध गराएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८, ०९:४१