काठमाडौं । बिहीबार मध्यान्ह १२ बजे सिंहदरबास्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुग्दा मन्त्रीको कक्षदेखी हरेक महाशाखा, शाखा भरिभराउ थिए । कोही समायोजनप्रति असन्तुष्टी व्यक्त गरिरहेका थिए भने कोही आफुले रोजेको ठाउँमा नखटाई अन्तै खटाएको गुनासो गर्न मन्त्रालय पुगेका थिए । जिल्ला हुलाक कार्यालय जुम्लामा नायव शुब्बा तहमा कार्यरत हर्कबहादुर महत एक ठाउँ जान खोजेको अन्त पठाइयो भन्दै गुासो गर्दैहुनुहुथ्यो ।
सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन सम्पन्न भएको घोषणा भएको एक साता बितेको छ । समायोजन सकिएको एकसाताको अवधिमा १२ हजार कर्मचारीले समायोजनप्रति असन्तुष्टी जनाउदै गुनासो दर्ता गरेका छन् ।
मध्यपुर ठिमी नगरपालिका भक्तपुरका यदुनाथ आचार्य यातायात सेवा कार्यालय भक्तपुरमा कार्यरत हुनुहुन्छ । उहाँले पनि समायोजन फाराम भर्दा प्रदेश नम्बर ३ र संघ रोज्नुभएको थियो । तर, प्रदेश नम्बर १ खोटाङ जिल्लाको दिग्तेल रुपाकोट मझुवागढी नगरपालिकामा समायोजन गरिएको पत्र पाप्त गर्नुभएको छ ।
समायोजनप्रति असन्तुष्ट तथा समायोजना फारम भरेको ठाउँमा नभई अन्य ठाउँमा परेकाहरु संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालय धाइरहेका छन् ।
सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन सम्पन्न भएको घोषणा भएको एक साता बितेको छ । समायोजन सकिएको एकसाताको अवधिमा १२ हजार कर्मचारीले समायोजनप्रति असन्तुष्टी जनाउदै गुनासो दर्ता गरेका छन् ।
सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको बिहिबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर समायोजन सकिएको घोषणा गर्दा सात हजार गुनासो आएको जनाएको थियो । एक साताको अवधिमा उजुरीको संख्या पाँच हजार थपिएर १२ हजार पुगेको छ । मन्त्रालयका सहसचिव एवम गुनासो व्यवस्थापन समितिका संयोजक रुपनारायण भट्टराइले सरकार गुनासो ब्यवस्थापनका लागेको जानकारी दिनुभयो ।
सघ, प्रदेश र स्थानीय तहका सबै निकायमा गरि १ लाख ३१ कर्मचारीको समायोजन भइसकेको छ । जसमा सबैभन्दा बढी स्थानीय तहमा ६६ हजार नौ सय आठ, संघमा ४८ हजार चारसय नौ र प्रदेशमा २२ हजार सात सय ९७ जना कर्मचारी समायोजन भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५, ०७:५८