काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको मध्ये कोरोना भाइरसविरुद्धको ८ लाख मात्रा खोप काडमाडौँ आइपुगेको छ । खोप नेपालस्थित चिनिया दूतावासले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गृहमन्त्रालयका अधिकारीलाई हस्तान्त्रण गरेको छ ।
खोप लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडाैंमा अवतरण गरेकाे निगमका महाप्रबन्धक डिमप्रकाश पाैडेलले जानकारी दिनुभयो । खोप ल्याउनका लागि निगमको जहाज गएराति बेइजिङ गएको थियो ।
यही जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सि जिन फिङले १० लाख मात्रा भेरोसेल खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।
बाँकी २ लाखमध्ये तिब्बत सरकारले दिएको १ लाख मात्रा खोप पनि काठमाडौँ आइपुगेको नेपालस्थित चिनिया दूतावासले जनाएको छ । बाँकी १ लाख मात्रा पनि चाँडै आउने जनाइएको छ । खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८, १६:४५