प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको जुन ५ तारिकलाई विश्व वातावरण दिवसको रूपमा मनाउने परम्परा, यस दिनमा वातावरणको विषयमा योगदान गरेका अभियन्ताहरूलाई सम्मिmने पनि गरिन्छ ।
तर मलाई एउटा सन्दर्भ, जुन वातावरणसित सम्बन्धित छ, याद आइरहन्छ र यसलाई बिर्सन सकेको छैनआज सम्म । त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययन गर्न भर्ना भएपछि, लामो समयपछिको अध्ययन अभियान सुरु भयो ।
आईएस्सीपछि करिब २ वर्ष दाङमा बसियो, अध्ययनको औपचारिक सिलसिला केही टुटे पनि पत्रकारिता, स्वअध्ययन राजनीतिक सक्रियताचाहिँ कायम नै रहेको थियो ।
त्रिचन्द्र कलेज, नेपालको उच्च शिक्षाको ऐतिहासिक धरोहर । साथै राजनीतिक रुपले पनि निकै चर्चित कलेज हो यो । देशका राजनीतिमा स्थापित व्यक्तिहरू अस्कल वा त्रिचन्द्र कलेजका उत्पादनहरूकै बाहुल्यता रहेको परिदृष्यमा राजनीतिलाई नै रोजीरोटी बनाउनेहरूको लागि त झन् महत्वपूणर् कलेज हो त्रिचन्द्र ।
झन् भूगर्भ विज्ञानमा स्नातकमा अध्ययन हुने त्यसबेलाको एक मात्र कलेज । विज्ञानका धेरै बिधामा अध्ययन हुने नेपालकै एकमात्र कलेज । त्यसैले यस कलेजमा विद्यार्थीको भर्ना चाप पनि निकै हुने नै भयो ।
प्रवेश परीक्षामा उत्तिर्ण भएपछि भर्नाको बरियता सूची हेर्ने दिनचर्या सुरु भयो र भर्ना भएपछि कक्षा पनि सुरु भयो । काठमाडौँ सहरको मुटुमा रहेको, रानीपोखरि को छेउमा अवस्थित यो कलेजको ऐतिहासिक महत्व जति सफा र सुन्दर छ, परिसरचाहिँ निकै फोहर थियो ।
खासगरी पुरानो घण्टाघर भवनको वातावरण । जुन राजनीतिक सङ्गठनहरूको सम्पर्कस्थल पनि थियो, त्यसबेलासम्म, यति दुर्गन्धित थियो कि, बयान गरी साध्य थिएन ।
उक्त अभियानको लागि टिसर्ट वितरण, डोको, हँसिया खरिदको लागि सहयोग रकम सङ्कलन पनि गर्न थालियो । यसको लागि महानगरबाट रु २५००/- आर्थिक सहयोग पनि प्राप्त भयो ।
पछाडिको खुला ठाउँ झाडीले छोपिएको, लागू औषध र्दुुव्यसनीहरूको अखडा, सडक बालबालिकाहरूको समेत जमघट, परिसरको शौचालयको दुर्गन्ध त कम्पाउण्डमा प्रवेश गर्दा नै महसुस भैहाल्थ्यो ।
नाक थुनेर हिड्नुपर्ने हुन्थ्यो । दुव्र्यसनीहरूलाई लुकीछिपी लागुपदार्थ सेवन गर्ने सजिलो वातावरण बनिरहेको थियो । बेलुका पखचाहिँ निकै चकमन्न हुने यो परिसरमा दुर्व्यसनीहरुबाट असुरक्षित हुने अवस्था पनि विद्यमान थियो ।
भूगर्भशास्त्र, जल तथा मौसमविज्ञान, तथ्याङ्कशास्त्र, मनोविज्ञान, दर्शनशास्त्र, भुगोल लगायत अन्य प्राज्ञिक इकाइ यस परिसरमा थिए र यद्यपी कायम छन् ।
घण्टाघर भवनको तुलनामा सरस्वतीसदन अली गुल्जार नै हुन्थ्यो, तर परिसर पनि झाडी र फोहरले युक्त नै थियो ।
क्याम्पस प्रमुखको कार्यालय, प्रशासनिक इकाइहरू, स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद मैदान तथा भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र , सुक्ष्मजीव विज्ञान लगायतका अन्य प्राज्ञिक इकाइहरू यतै रहे पनि सरसफाइको स्थिति निकै नाजुक थियो ।
हामी भर्ना भएर कक्षा सुरु भएपछि साथीभाइबीच घुलमिल हुँदै गइयो । मेरो विषय स्थलगत अध्ययन अभिमुखीकरण भएकाले स्थलगत अध्ययनको सिलसिलामा चितवन राष्ट्रिय निकुन्जमा अध्ययनमा जाँदा, मलेखु स्थलगत अध्ययनमा जाँदा तथा अन्य सन्दर्भमा साथीहरू बीच निकै सामिप्यता र अन्तरङ्ग सम्बन्ध पनि स्थापित भयो ।
हामी मध्ये केही राजनीतिक गतिविधिमा पनि सक्रिय थियौँ । सिर्जनात्मक कृयाकलापमा रुचि थियो । साहित्य लेखन, कथा, समसामयिक लेखरचनाहरू भित्तेपत्रिकामार्फत प्रकाशित पनि गर्थ्यौँ ।
म एउटा भित्तेपत्रिकाको प्रधान सम्पादक पनि थिएँ । साथीभाइबीच वहस, छलफल, तर्ककुतर्कसहित घमासान राजनीतिक वहस पनि गर्थ्यौँ साथसाथै सिर्जनात्मक सोँच पनि ।
यसैक्रममा हामी केही साथीहरू बीच कलेज परिसर सफाइ गर्ने अभियान चलाउने विषयमा सोँच आयो र ‘सुन्दर जीवनको लागि स्वच्छ वातावरण’ भन्ने नारामा त्रिचन्द्र विद्यार्थी वातावरण सरोकार समूह बनायौँ हामी जीव विज्ञान पढ्ने समूहका विद्यार्थीको अगुवाइमा ।
यसको लागि म लगायत सुजनराजा श्रेष्ठ, दिपेश वैद्य, रमेशराज पन्त, भरत गिरि, अनिरुद्ध पौडेल, ईश्वरराज ढकाल, समीर क्षेत्री, प्रमोद भट्ट तथा अन्य साथीहरू ( मैले अहिले सबैको नाम सम्झिन सकिन) को सक्रियतामा हामीले घण्टाघर पछाडिको झाडी तथा झारपात, एवं सरस्वती सदनको परिसरको झाडी तथा झारपता फाँडेर, फोहर जम्मा गरेर खास स्थानमा राख्ने र आगो लगाउने योजना बनायौँ ।
उक्त सफाइ अभियानको कार्यक्रम औपचारिक रूपमै सुरु गर्न काठमाण्डौँ महानगरपालिकाका तत्कालीन उपमेयर नविन्द्रराज जोशीज्युको प्रमुख आतिथ्यताको लागि अनुरोध गर्यौँ र उहाँबाट उक्त अभियानको उद्घाटन पनि भयो ।
क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियनसँग समन्वयन गर्दै काठमाण्डौँ महानगरपालिकासँग सहकार्य गरी फोहर व्यवस्थापन गर्ने सम्बन्धमासमेत पहल लियौँ ।
उक्त अभियानको लागि टिसर्ट वितरण, डोको, हँसिया खरिदको लागि सहयोग रकम सङ्कलन पनि गर्न थालियो । यसको लागि महानगरबाट रु २५००/- आर्थिक सहयोग पनि प्राप्त भयो ।
उक्त सफाइ अभियानको कार्यक्रम औपचारिक रूपमै सुरु गर्न काठमाण्डौँ महानगरपालिकाका तत्कालीन उपमेयर नविन्द्रराज जोशीज्युको प्रमुख आतिथ्यताको लागि अनुरोध गर्यौँ र उहाँबाट उक्त अभियानको उद्घाटन पनि भयो ।
कुरुप त्रिचन्द्र परिसर केही भए पनि खुला र सफा पनि देखियो । सायद क्याम्पसले पनि यसलाई सामान्य रूपमा भए पनि सफाई गरि रह्यो र हाल उक्त क्षेत्र झाडीबाट मुक्तचाहिँ भएको छ ।
यसरी हामी विद्यार्थीहरूर्को एउटा सानो पहलले एउटा महत्वपूणर् सुरुवात भएको थियो, ती दिन सम्झिदा अन्तरमनदेखि आनन्द तथा सन्तोष मिल्छ ।
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८, १०:२४