सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको मेल्चीमा आएको बाढीले ठूलो क्षति गरेको छ । हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो पनि गएको छ ।
हेलम्बुदेखि उर्लिएर नदि किनार करिडोरमा बितण्डा मच्याउँदै आएको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्कि पुल बगाएको छ । राती करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै सवारी बाट मेलम्ची जोड्ने पुल बाढीले भत्काएको हो । भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन ।
मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन् । ५० जनाभन्दा बढी सम्पर्क विहिन छन् ।
बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको स्थानीयले जनाएका छन् ।
मेलम्चिमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौं को क्षति भएको स्थानुय सिपी दुलालले बताउनुभयो ।
मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले रात खुला आकाशमा बिताएका छन् । बाढीको जोखिम झनै बढेपछि सुरक्षित स्थान खोज्दै बिस्थापितले रात कटाएका छन् । अहिले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २, २०७८, ०६:३२