काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जनाको पदका लागि जागिर खुलेको छ । गृह मन्त्रालय अन्तर्गतको विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरी ५२ जनाको लागि दरखास्त आह्वान गरेको हो ।
विभागले अनुसन्धान अधिकृतको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको हुनु पर्ने र २१ वर्ष पुरा भई २५ वर्ष नकटेको योग्याता चाहिन्छ। तर महिलाको लागि भने ३० वर्ष नकटेको हुनुपर्ने छ। अधिकृतमा ३० जना माग गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५, ११:५४