काठमाडौं । कर्मचारी समायोजन विरुद्ध चिकित्सकहरुले फेरि आन्दोलन सुरु गरेका छन । सरकारी चिकित्सकहरूले आफूहरूलाई संघीय सरकारको मातहत माक्र राख्न माग गर्दै आजबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका छन् ।
हावा हुरी प्रभावित बारा र पर्सा जिल्लामा भने सरकारी चिकित्सकले नियमित सेवा दिनेछन् । आज सरकारी चिकित्सकहरुले उपत्यकाका कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी हेरेका छैनन्। देशभर नै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेका छन्।
सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५, १२:०१