महिला र पुरुषभन्दा फरक पहिचान भएका व्यक्तिहरूमध्येका एक हुनुहुन्छ, बाँके नेपालगञ्जका पुष्पा चौधरी । उमेरले उहाँ ३५ वर्षको हुनुभयो । सानै उमेरमा आफूमा आएको परिवर्तनबारे उहाँलाई केही जानकारी थिएन ।
उहाँको बानी व्यवहारका कारण भने घरमा आमा बुबा, भाइबहिनी र अन्य साथीहरूले उहाँलाई सँधै हेप्ने, जिस्क्याउने गर्दा उहाँलाई नराम्रो लागे पनि उहाँले त्यसको प्रतिकार गर्न सक्नुभएन । किनभने उहाँलाई नै थाहा थिएन, किन यस्तो हुँदैछ आफूमा ।
अतित बनिसकेको यो घटना अहिले पनि पुष्पाको मानसपटलमा आइरहन्छ । छोरा भएर जन्मनुभएका पुष्पामा भएको परिवर्तनले उहाँलाई परिवारबाटै निकालियो । पछि बुझ्दै जाँदा उहाँमा महिलाको जस्तो परिवर्तन हुन थाल्यो ।
यी सब घटनाले उहाँलाई घरमै शारीरिक र मानसिक यातना दिन थालियो । २४ वर्षको उमेरमा उहाँलाई घरबाट निकालिदिएपछि उहाँ जिल्लाकै निल हिरा समाजमा जानुभयो ।
पुष्पामाथि भएको यो घटना सामान्य भएजस्तो देखिए पनि सामान्य भने होइन । तर, यौनिक अल्पसङ्ख्यकहरूका लागि यो घटना सामान्य बनेको छ ।
फरक लिङ्गमा परिवर्तन हुँदै गर्दा भोग्नु परेको पीडा रुपन्देहीका कृष्ण तामाङ्गको पनि छ । उहाँलाई आफ्नो विपरित लिङ्गप्रति कुनै आकर्षण छैन । समलैङ्गीक भनेर आफूलाई चिनाउने कृष्णलाई आफूमा भएको परिवर्तन परिवार र समाजले स्विकार्न सहज थिएन । अझै पनि उहाँ घरभन्दा टाढा नै बस्नुहुन्छ ।
आफू समलैङ्गीक भएको कुरा अरुले थाहा पाएपछि उहाँले मानसिक रुपमा नै हिंसा भोग्नु परेको छ । कतिपय अवस्थामा त आफूमाथि भएको पीडा कसलाई सुनाउने भन्ने पनि नहुँदा उहाँलाई थप मानसिक तनाव हुन्छ ।
मधेशमा छोरा मान्छेले छोरा मान्छेलाई नै मन पराउने गरेको अभिभावकले थाहा पाएपछि र समाजमा थाहा भयो भने घर परिवारको इज्जत नै नरहने भएकाले उहाँलाई कुटपिट गर्न थालियो ।
कृष्ण सुनाउनुहुन्छ, ‘म १२ वर्षको हुँदा नै मलाई केटीभन्दा केटाहरूप्रति आकर्षण बढेको अनुभव हुन्थ्यो । मलाई माया गर्ने केटी होइन केटा हो भनेर अनुभव हुन्थ्यो । तर, मेरो यो भावनाबारे अरुले थाहा पायो भने मलाई के भन्छ त्यो सोचेर नै डर लाग्ने गर्थ्यो । मैले घरमा पनि कसैलाई यो विषयमा भन्न सकिन । तर, जब म १८ वर्षको भएँ र मैले घरमा यो कुरा सुनाएँ । मलाई मेरै बाआमाले कुट्ने र गाली गर्नुभयो । कोठामा थुनेर राख्नुभयो । मैले खाना पनि खान पाइन ।’
आफूमाथिको भएको यो हिंसा भोग्न बाध्य कृष्णको बारेमा उहाँकै एक जना साथीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले घटनाबारे कुनै सुनुवाई गरेन । कृष्णको यो पीडामा मल्हम लगाइदिने कोही नहुँदा उहाँ अझै पनि आफ्नो बारेमा खुलेर बोल्न सक्नु भएको छैन ।
उहाँले फरक यौनिकता भएकै कारण मानिसहरूले हामीलाई सहजै स्वीकार्न नसक्दा गाली गर्ने, कुटपिट गर्ने जस्ता घटना हुने गरेको र आफू हिंसामा परेको उजुरी गर्न जाँदा प्रहरीले पनि उल्टै हप्काउने गाली गर्ने र उजुरी नै नलिने गरेको बताउनुभयो ।
जनकपुरका प्रदीप यादव, उमेरले २२ वर्षको हुनुभयो । उहाँलाई आफ्नो बाल्यकाल सम्झने मनै छैन । कुरा गर्दा पनि गहभरि आँसु भरिएर आउने प्रदीपलाई किन समलैङ्गीक भएर जन्मिएँ भनेर कुनै बेला लाग्ने गरेकोमा अब भने पछुतो छैन ।
तर सामान्य मानिसहरूभन्दा फरक लिङ्गमा जन्मिनुभएका प्रदीपको पीडा सुनिदिने कोहि थिएन । अहिले पनि उहाँको कुरा सुनिदिने कोहि छैन ।
प्रदीप भन्नुहुन्छ, ‘मधेशी समुदायमा छोरा मान्छेले छोरालाई मन पराउने, छोरा मान्छे छोरीको जस्तो व्यवहार गर्ने कुरालाई त अपराधको रुपमा लिइन्छ । बाआमाको इज्जत फाल्ने काम गरिस् भनेर जबरजस्ती परिवर्तन गर्न खोज्ने अनि कुनै पनि सामाजीक गतिविधि भयो भने सँगै लिएर नजाने । अर्काले के भन्छ ? मेरो इज्जत माटोमा मिलाइस जस्ता अनेक शब्दले घोच्ने काम हुन्छ ।’
आफूभन्दा फरक लिङ्गमा जन्मिएर हिंसा भोग्नेमा यी केही प्रतिनिधि पात्र मात्रै हुन् । तर, केही यस्ता व्यक्तिहरू पनि छन् जो अहिले नेपालको चर्चित र अधिकारकर्मीको रुपमा स्थापित छन् ।
उनीहरूको पीडा पनि कम छैन । यौनिक अल्पसङ्ख्यकको अधिकारको लागि काम गर्दै आउनुभएका भूमिका श्रेष्ठ यस समुदायका लागि चर्चित व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ ।
मध्यमवर्गीय परिवारमा जन्मिए पनि उहाँको बाल्यकाल सुखमय नै रहृयो । काठमाडौँको नैकाप घर भएका उहाँ छोराको रुपमा जन्मनुभयो ।
छोराका रूपमा जन्मिएपछि उहाँको परिवार मात्रै होइन आफन्तहरूले पनि निकै खुसी मनाए । तर, त्यो खुसी खुसीमै सीमित रहृयो । हुर्कंदै आफूमा भएको परिवर्तनले उहाँलाई सजिलो भएन । चार-पाँच वर्षकै उमेरदेखि घरमा भाँडा माँझ्ने, लुगा धुनेलगायतका काममा सहयोग गर्ने, दिदीको लूगा लगाउने, लिपिस्टिक लगाउने रहर लाग्थ्यो र त्यस्तै गर्नु हुन्थ्यो ।
शान्तिका लागि अभियान (कोक्याप) ले गरेको एक अध्ययन अनुसार गत वर्ष मात्रै एलजीबीटीआई समुदायसँग सम्बन्धीत २२ वटा घटनाहरू फेला परेका छन् । जसमा ७ वटा घटनाहरू एलजीबीटीआईसँग सम्बन्धित छन् । एकजनाको मृत्युको घटना पनि प्रहरीमा दर्ता भएको छ ।
उहाँ सुनाउनुहुन्छ, ‘मलाई ‘म अरू केटाभन्दा फरक छु’ भन्ने लाग्थ्यो । ११ वर्षको हुँदा मैले त्यस्तो महसुस गरेँ । केटा मान्छेका रूपमा जन्मिएकाले समाजले मलाई पुरुषकै व्यवहार गथ्र्यो । तर, मलाई कहिले पनि ‘केटा मान्छे हुँ’ भन्ने महसुस नै हुँदैनथ्यो ।’
उहाँलाई भने आफू केटी हुँ भन्ने लाग्थ्यो । स्कुलमा, बाटो हिँड्दा साथीहरूले भने ‘छक्का, हिँजडा, नपुंसक’ भनेर जिस्काउँथे । स्कुलमा पनि केटीकै ड्रेस लगाएर नाच्ने गरेको सम्झँदै उहाँले केटाहरूसँग कुरै मिल्दैनथ्यो भन्नुभयो ।
भूमिका थप्नुहुन्छ, ‘मलाई समाजले, साथीहरूले सधैँ नकारात्मक दृष्टिकोणले हेर्थे । त्यसैले म कसैसँग पनि कुरा गर्न सक्दैनथेँ । केटाका रूपमा जन्मिएको मैले ‘केटा नै मन पर्छ’ भनेर कसलाई र कसरी भन्ने ? हामी साथीसाथीबीच कुरा हुन्थ्यो, ‘यो केटा कस्तो हृयान्डसम छ, यो केटा मन पर्छ’ भनेर । तर, त्यो केटाको अगाडि गएर भन्न सक्दैनथेँ । आफूले इच्छाएको र चाहेको कुरा पनि म कसैसँग भन्न सक्दैनथेँ ।’
‘समाजले ‘केटा भएर केटाको जस्तै भएर हिँड्’ भन्थ्यो । तर, मैले कसरी सक्नु ? मेरो मन भित्रदेखि आएको, अनुभूति गरेको कुरा कसरी परिवर्तन गर्न सक्थेँ र ! परिवर्तन गर्न सक्ने भए त्यति धेरै मानसिक यातना सहीसही किन बस्थेँ होला ? यसरी बाँच्ने मलाई पनि त रहर छैन नि । केही मान्छेले ‘संगतले पनि हो’ भन्थे । संगतले त्यस्तो परिवर्तन आउने भए त ममा पनि आउँथ्यो होला नि !कतिपटक म केटाजस्तै भएर हिँड्न खोजेँ, तर सकिनँ ।’ उहाँले सुनाउनुभयो ।
त्यति मात्रै होइन, अरुभन्दा फरक लिङ्ग भएको व्यक्तिले सार्वजनिक रुपमै पनि हिंसा भोग्नु परिरहेको मनिषा ढकालको भनाइ छ । सरकारले सार्वजनिक स्थानमा बनाउने शौचालय वा अन्य सबै कार्यालयहरूमा पनि यौनिक अल्पसङ्ख्यक वा तेस्रो लिङ्गीहरूका लागि शौचालय नबनाउँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।
उहाँले फरक यौनिकता भएकै कारण मानिसहरूले हामीलाई सहजै स्वीकार्न नसक्दा गाली गर्ने, कुटपिट गर्ने जस्ता घटना हुने गरेको र आफू हिंसामा परेको उजुरी गर्न जाँदा प्रहरीले पनि उल्टै हप्काउने गाली गर्ने र उजुरी नै नलिने गरेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘हामी पनि अरु मान्छे जस्तै मान्छे नै हो । तर पनि हामीमाथि कुनै दुर्व्यवहार हुँदा, कुटपिट हुँदा तेरै गल्ती हो भनेर प्रहरीले पनि न्याय नदिँदा हामी अझै खुलेर बोल्न सकेका छैनौँ ।’
नेपालमा यौनिक अल्पसङ्ख्यकहरूको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन तर नीलहीरा समाज नेपालका अध्यक्ष पिङ्की गुरुङका अनुसार मुलुकको कुल जनसंख्याको ७ देखि १० प्रतिशत जनसंख्या तेस्रो लिङ्गी तथा समलिङ्गीहरूको हुने गरेको विश्वका विभिन्न मुलुकको अध्ययनले देखाएको छ ।
नेपाल प्रहरीको पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्ने हो भने तेस्रो लिङ्गी वा फरक यौनिकता भएकाहरूमाथि हिंसाका थोरै घटना दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा कर्तव्य ज्यानको घटना एउटा दर्ता भएको छ भने सार्वजनिक शान्ति विरुद्धको कसुरबारे १० वटा घटना दर्ता भएका छन् ।
जबकी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी जम्मा एउटा घटना दर्ता भएको छ ।
शान्तिका लागि अभियान (कोक्याप) ले गरेको एक अध्ययन अनुसार गत वर्ष मात्रै एलजीबीटीआई समुदायसँग सम्बन्धीत २२ वटा घटनाहरू फेला परेका छन् । जसमा ७ वटा घटनाहरू एलजीबीटीआईसँग सम्बन्धित छन् । एकजनाको मृत्युको घटना पनि प्रहरीमा दर्ता भएको छ ।
COCAP ले घटनाहरुको रिपोर्ट सङ्कलन गरेर https://nepalmonitor.org मा सार्वजनिक गर्ने गरेको छ । COCAP ले Covid-19 को लागि छुट्टै ड्यासबोर्ड पनि विकसित गरेको छ । यस ड्यासबोर्डमा LGBTIQ समुदायसँग सम्बन्धित हिंसात्मक घटनाहरू पनि भेटाउन सकिन्छ । तपाईं ड्यासबोर्डबाट थप जानकारी पनि लिन सक्नुहुनेछ, जसका लागि तपाईंलाई यो लिंकमा जानुपर्ने हुन्छ ।(nepalmonitor.org/covid)
निल हिरा समाजका अनुसार कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनयता २० जना यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यकले आत्महत्या नै गरेका छन् भने १० जनाले आत्महत्याको प्रयास गरेको पाइएको छ ।
यसरी हेर्दा एलजीबीटीआई समुदायसँग सम्बन्धी मुद्दा प्रहरीमा दर्ता नै भएका छैनन् भने भएका घटनामा पनि न्याय नपाएको गुनासो एलजीबीटीआई समुदायको छ ।
मकवानपुरको हेटौँडामा एक जना एलजीबीटीआई समुदायका व्यक्तिको हत्या गरेको घटनामा प्रहरीले छानबिन गरी हत्यामा संलग्नलाई पक्राउ गरिसकेको छ भने काठमाडौँको लाजिम्पाटमा बलात्कारपछि हत्या गरिएको घटनामा पनि कारबाही प्रक्रिया अघि बढाइएको एलजीबीटीआई काठमाडौँले जनाएको छ ।
प्रहरीले उजुरी नै लिन मान्दैन
नेपालमा यौनिक अल्पसङ्ख्यकहरूको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन तर नीलहीरा समाज नेपालका अध्यक्ष पिङ्की गुरुङका अनुसार मुलुकको कुल जनसंख्याको ७ देखि १० प्रतिशत जनसंख्या तेस्रो लिङ्गी तथा समलिङ्गीहरूको हुने गरेको विश्वका विभिन्न मुलुकको अध्ययनले देखाएको छ ।
नेपालमा पनि त्यस अनुसार नै अनुमान गरिएको छ ।
प्रहरीले यौनिक अल्पसङ्ख्यकहरूको उजुरी किन लिन मान्दैन भन्ने प्रश्नमा नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले उजुरी नै कम आउने हुँदा आफूहरूसँग तथ्याङ्क पनि कम भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष गुरुङले हालसम्म नेपालमा यौनिक अल्पसङ्ख्यकहरूको संख्या यकिन नभएका कारण यस वर्ष हुन लागेको राष्ट्रिय जनगणनामा यौनिक अल्पसङ्ख्यकहरूको संख्या पनि गणना गरिने जानकारी दिनुभयो । यसका लागि केन्द्रीय तथ्याङ्क विभागसँग कुरा भइसकेको र जनगणनापछि वास्तविक तथ्याङ्क आउने उहाँको भनाइ छ ।
गुरुङ्गले तेस्रो लिङ्गी तथा समलिङ्गीहरूमाथि हुने हिंसा फरक हुने गरेको भन्दै जबसम्म समाजले आफूहरूलाई सहजै स्विकार्न सक्दैन तबसम्म हिंसा भइरहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समाजले अहिले पनि फरक लैङ्गिकता भएकाहरूलाई स्वीकार गर्न नसकेका कारण कतिपयले आत्महत्या गरिरहेका छन् भने कतिपयलाई समाजबाटै बहिष्कार गरिएको छ । बलात्कार नै गर्ने वा हत्या नै गर्ने मात्रै हिंसा हुँदैन । तर, पछिल्लो समय त यस्ता घटनाहरू पनि देखिन थालेको छ । जुन हाम्रो लागि चिन्ताको विषय हो ।’
‘अरुको त कुनै छोड्म आफ्नै घर परिवार, बा आमा, दाजुभाइले हामीलाई सहजै स्विकार गर्न सकेका छैनन् भने हामीले कोसँग अपेक्षा राख्ने । अहिले पनि घरका सदस्यले यी कुरालाई सहज लिन नसक्दा कतिपय घरमै हिंसा सहेर बस्न बाध्य छन् र समाजको डरले बाहिर निस्कन सकिरहेका छैनन् । मैले गर्दा मेरो परिवारलाई समाजले नराम्रो भन्छ भनेरै कतिपय व्यक्तिहरू डराएर घरभित्रै मानसिक र शारीरिक यातना सहन बाध्य हुनुहुन्छ ।’ गुरुङले सुनाउनुभयो ।
फरक यौनिकता भएकाहरूको हकहितमा काम गर्दै आउनुभएका गुरुङले हामीमाथि भएको हिंसाका घटनालाई प्रहरीले पनि गम्भीरताका साथ लिन नसक्नु दुःखद रहेको बताउनुभयो । प्रहरीले काम नै नगरेको भन्न मिल्दैन तर पनि जुन रुपले काम गर्नुपर्ने हो त्यो अझै गर्न नसकेको उहाँको भनाइ छ ।
लैङ्गीक पहिचानको दृष्टिकोणबाट मूलधारको रूपमा रहेका महिला र पुरुष भन्दा अलग तेस्रो लिङ्गी पहिचान भएका व्यक्तिहरू समेत समाजमा अल्पसङ्ख्यक रूपमा रहेका हन्छन् ।
प्रहरीले यौनिक अल्पसङ्ख्यकहरूको उजुरी किन लिन मान्दैन भन्ने प्रश्नमा नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले उजुरी नै कम आउने हुँदा आफूहरूसँग तथ्याङ्क पनि कम भएको उल्लेख गर्नुभयो । घटना प्रकृतिको आधारमा प्रहरीले काम गर्ने गरेको र न्याय दिलाउने काम पनि भइरहेको कुवँरको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘यस समुदायबाट हिंसाका घटनाहरू निकै कम आउने गरेका छन् । हुन सक्छ कतिपय स्थानमा उहाँहरूलाई समस्या भयो होला । तर, आगामी दिनमा यदि कतै कसैले उजुरी लिन मानेन भने मलाई सीधै सम्पर्क गर्दा हुन्छ । म आफैँ प्रक्रिया अघि बढाउँछु ।’
नेपालमा के छ कानुनी व्यवस्था ?
वि. सं. २०७० सालमा सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका विषयमा ऐतिहासिक फैसला गरेको छ ।
सार्वजनिक फैसलको पूणर् पाठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिङ्गी, द्वलिङ्गी र अन्तरलिङ्गी) लाई नागरिकता, शैक्षिक प्रमाणपत्रसहितका सबै कागजात पहिचानअनुसार लिने व्यवस्था गरेको छ ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका अभियन्ता पूर्वसभासद सुनिलबाबु पन्त, नीलहीरा समाजका अध्यक्ष पिङ्की गुरुङ र तेस्रोलिङ्गी अधिकारकर्मी आनिक रानाले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र देशैभरका प्रमुख जिल्ला अधिकारीहरूलाई विपक्षी बनाएर ७० सालमा संयुक्त रूपमा दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले यो समुदायका लागि निकै महत्वपूणर् फैसला गरेको थियो ।
समलिङ्गी र तेस्रो लिङ्गीलाई पहिले लिएको नागरिकतामा रहेको नाम र लिङ्ग परिवर्तनको अधिकार दिएको जानकारी गराएको थियो ।
सर्वोच्चको फैसललाले समलिङ्गी तेस्रोलिङ्गीलाई पहिलो लिएको नागरिकता परिवर्तन गरी आफूले चाहेको नाम र लैङ्गिक पहिचानसहित नागरिकता लिने व्यवस्था गरिएको थियो ।
त्यसपछि समलिङ्गी तेस्रोलिङ्गीलाई दिएको नागरिकताको रेकर्ड राख्न पनि गृहमन्त्रालय र मातहतका जिल्ला प्रशासनहरूलाई निर्देशन दिएको थियो ।
सर्वोच्चको फैसलाका बाबजुद पनि उनीहरूले आफ्नो पहिचान खुल्नेगरी नागरिकता अझै पाउन सकेका छैनन् । सरकारले कानुन त ल्याउने तर त्यसको कार्यान्वयन नुहँदा यौनिक अल्पसङ्ख्यक भएकाहरू अझै अन्यायमै बस्न बाध्य छन् ।
उनीहरूको पहिचानलाई स्वीकार नभएका कारण यो समुदायका अधिकांश मानिसहरू विशेष गरी यौन व्यवसायमा छन् । जीविकोपार्जनका लागि बाध्यतावश यौन व्यवसायमा लागेकाहरूमाथि थप हिंसा हुने गरेको छ ।
को हो फरक यौनिकता भएकाहरू ?
यौन अङ्ग अनुसार देखा पर्ने भिन्नतालाई लिङ्ग र लिङ्गको आधारमा समाजले निर्धारण गरेको सामाजिक भूमिकालाई लैङ्गीकता भनी परिभाषित गर्ने गरिएको छ ।
सन् १९९२ मा विश्व स्वास्थ्य संगठनले पनि समलैङ्गीकता कुनै रोग नभएको पुष्टि गरिसकेको छ । दक्षिण अफ्रिका, फिजि, फ्रान्स, अमेरिकालगायत विभिन्न १२ भन्दा बढी मुलुकले समलिङ्गी, तेस्रोलिङ्गी वा भनौ यौनिक अल्पसङ्ख्यकलाई पूर्ण मान्यता दिइसकेका छन् ।
लैङ्गीक पहिचानको दृष्टिकोणबाट मूलधारको रूपमा रहेका महिला र पुरुष भन्दा अलग तेस्रो लिङ्गी पहिचान भएका व्यक्तिहरू समेत समाजमा अल्पसङ्ख्यक रूपमा रहेका हन्छन् ।
हाम्रो समाजमा विपरीत लिङ्गीको अतिरिक्त महिला समलिङ्गी, पुरुष समलिङ्गी, दुई लिङ्गी, तेस्रो लिङ्गी र अन्तर लिङ्गी पनि हुन्छन् । यी पाँच प्रकारका भेदेलाई अङ्ग्रेजीमा छोटकारीमा एल.जि.वि.टी.आई. र नेपालीमा एउटै शब्द वा भाषामा समलिङ्गी तेस्रो लिङ्गी भनिन्छ ।
महिला समलिङ्गी जसलाई अङ्ग्रेजीमा ‘लेस्वीयन’ भनिन्छ । यी यस्ता महिला पाटनर हुन् जुन शारीरिक र भावनात्मक रूपले आफूजस्तै समान लिङ्ग भएकाप्रति आकाषिर्त हुन्छन् ।
पुरुष समलिङ्गीलाई अङ्ग्रेजीमा ‘गे’ भनिन्छ । यी यस्ता पुरुष पार्टनर हुन जुन शारीरिक र भावनात्मक रूपले आफू जस्तै समान लिङ्ग भएकाप्रति आकषिर्त हुन्छन् ।
यिनीहरूको महिलामाथि अर्थात आफूभन्दा विपरीत लिङ्प्रति पटक्कै आकर्षण हुँदैन । स्मरणीय कुरा के हो भने महिला समलिङ्गीको जैविक लिङ्ग महिलाको नै हुन्छ र उनीहरूको शारीरिक विकास पनि महिलाको नै हुन्छ ।
त्यसैगरी पुरुष समलिङ्गीको जैविक लिङ्ग पुरुषको नै हुन्छ र उनीहरूको शारीरिक विकास पनि पुरुषको नै हुन्छ तर आकर्षण र अनुभूति महिलाको महिलाप्रति र पुरुषको पुरुषप्रति हुन्छ ।
यी महिला समलिङ्गी र पुरुष समलिङ्गी दुवैलाई अङ्ग्रेजीमा होमोसेक्सुअल भनिन्छ । महिला समलिङ्गीलाई भन्दा पुरुष समलिङ्गीलाई एचआईभी एड्स हुने धेरै सम्भावना हुन्छ ।
समलिङ्गी तेस्रो लिङ्गीको अर्को भेद भनेको दुई लिङ्गी/द्विलिङ्गी हो । यसलाई अङ्ग्रेजीमा ‘बाईसेक्सुअल’ भनिन्छ । द्विलिङ्गी यस्तो व्यक्ति हो जो शारीरिक तथा भावनात्मक रूपले महिला र पुरुष दुवैसित बराबर आकषिर्त हुन्छ ।
महिला समलिङ्गी र पुरुष समलिङ्गीका बच्चाबच्ची हुँदैनन् तर द्विलिङ्गीका बच्चाबच्ची हुन्छन् । द्विलिङ्गी पुरुष पनि हुन सक्दछ र महिला पनि हुन सक्दछ ।
दक्षिण एशियामा नेपालले सबैभन्दा पहिले र भारतले २ वर्ष अघि मात्रै समलिङ्गी, तेस्रोलिङ्गी वा यौनिक अल्पसङ्ख्यकलाई मान्यता दिएको छ । यौनिक अल्पसङ्ख्यक भएकाहरूलाई हिंसामा पर्दा न्याय दिलाउने र उनीहरूको अधिकारका लागि सबै एक जुट हुनु आवश्यक छ ।
तेस्रो लिङ्गी जसलाई अंग्रेजीमा ‘थर्डजेन्डर’ (टी.जी.) भनिन्छ । परम्परागत रूपमा महिला र पुरुषको अपेक्षा गरिएको भन्दा फरक लिङ्गीलाई तेस्रोलिङ्गी भनिन्छ । यो दुई प्रकारको हुन्छ ।
पुरुष तेस्रो लिङ्गी र महिला तेस्रोलिङ्गी । पुरुष तेस्रोलिङ्गी जन्मँदा केटा तर पछि हुर्कंदै जाँदा केटीको रूपमा रहेका हुन्छन् ।
यिनीहरूको जैविक लिङ्ग पुरुषको हुन्छ भने सामाजिक लिङ्ग महिलाको हुन्छ तर आकर्षण पुरुषप्रति हुन्छ । यस्ता गुण भएकालाई ‘मेटी’ भनिन्छ ।
त्यसैगरी महिला तेस्रोलिङ्गी जन्मँदा केटी तर हुर्कंदै जाँदा केटाको रूपमा रहेका हुन्छन् । यिनीहरूको जैविक लिङ्ग महिलाको हुन्छ भने सामाजिक लिङ्ग पुरुषको हुन्छ तर आकर्षण महिलाप्रति नै हुन्छ ।
अन्तरलिङ्गी जसलाई अङ्ग्रेजीमा ‘इन्टरसेक्स’ भनिन्छ । यस्ता व्यक्ति जो जन्मँदा नै यौन अङ्गका हिसाबले सामाजिक अपेक्षाअनुरूप बालक वा बालिका छुट्टिदैनन् । अर्थात अन्तरलिङ्गी त्यस्ता बच्चा हुन् जसमा पुरुष र महिला दुवैको जैविक लिङ्ग विद्यमान हुन्छ ।
ऐतिहासिक तवरले चिकित्सक समुदायले यसलाई ‘हेर्माफ्रोर्डाईटस’ भन्ने बिल्ला लगाई बच्चाको यौन अङ्ग सच्याउने शल्यक्रिया गरिदिने चलन कयौं देशमा छ तर समकालीन दृष्टिकोणले यस्तो जबर्जस्ती बच्चाको यौन अङ्ग सच्याउने शल्यक्रिया अभ्यासलाई बलजफ्ती लैङ्गकि पहिचान बनाइदिने र यौन अङ्ग बिगारिदिने भनी चुनौती दिने गरेको छ ।
किनभने बच्चाको लैङ्गकि पहिचानपछि कस्तो हुन्छ भनेर बच्चामा नै यकिन गर्न सकिन्न । समलैङ्गीकता कुनै रोग वा बिमारी होइन । सन् १९७० मा अमेरिकन साईकोलोजी एसोसिएनले आफूहरूले ठूलो भुल गरेको स्वीकार गर्दै समलैङ्गीकता कुनै रोग नभएको पुष्टि गर्नुका साथै मानसिक रोगको तालिकाबाट पनि यसलाई हटायो ।
सन् १९९२ मा विश्व स्वास्थ्य संगठनले पनि समलैङ्गीकता कुनै रोग नभएको पुष्टि गरिसकेको छ । दक्षिण अफ्रिका, फिजि, फ्रान्स, अमेरिकालगायत विभिन्न १२ भन्दा बढी मुलुकले समलिङ्गी, तेस्रोलिङ्गी वा भनौ यौनिक अल्पसङ्ख्यकलाई पूर्ण मान्यता दिइसकेका छन् ।
दक्षिण एशियामा नेपालले सबैभन्दा पहिले र भारतले २ वर्ष अघि मात्रै समलिङ्गी, तेस्रोलिङ्गी वा यौनिक अल्पसङ्ख्यकलाई मान्यता दिएको छ । यौनिक अल्पसङ्ख्यक भएकाहरूलाई हिंसामा पर्दा न्याय दिलाउने र उनीहरूको अधिकारका लागि सबै एक जुट हुनु आवश्यक छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८, १४:५२