काठमाडौँ । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु हुने र पार्टीको साङ्गठनिक संचरना बारे छलफल तथा निणर्य हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआ Static Page ईएनलाई जानकारी दिनुभयो ।
हिजो बसेको बैठक आज दिउँसोसम्मका लागि स्थगित गरिएको थियो । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षलाई निर्देशन दिनुभएको थियो ।
तर नेपाल पक्षले भने लोकतन्त्रको रक्षाका लागि हस्ताक्षर बुझाइएकाले यो फिर्ता नहुने बताउँदै आएको छ । सीआईएनसँग कुराकानी गर्दै नेता भीम रावलले पार्टीको विधान विपरितको संरचना बनाएर गरिएको निणर्यलाई आफूहरूले नमान्ने बताउनुभयो ।
पार्टीमा विवाद जारी रहँदा नेपाल पक्षका २३ जना प्रतिनिधि सभा सदस्यले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । केन्द्रीय कमिटी बैठकमा नेता वामदेव गौतम पनि यसपटक सहभागी हुनुभएको छ ।
हिजोको बैठकमा गौतमले एमालेलाई एक ढिक्का बनाउने जिम्मा आफूलाई दिन आग्रह गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असार १९, २०७८, १२:०५