काठमाडौँ । अछाम मङ्गलसेनका खडक बिष्टले काठमाडौँको दरवारमार्गमा रहेको होटल अन्नपूर्णमा रहेको क्यासिनो अन्नामा करिब २० वर्ष काम गर्नुभयो ।
काम गरेवापतको तलब, सञ्चयकोष लगायतका सुविधा नपाएर कामबाट निकालिँदा भएको पीडा सहन नसेर उहाँ न्याय माग्दै काठमाडौँ आउनु भएको छ । खडक मात्रै होइन, करिव २२ वर्ष क्यासिनो अन्नामा कार्यरत नौसय २२ जना मजदुर लाखौँ रुपैयाँ उठाउन नसकेकोमा चिन्तित छन् ।
न्याय माग्दै गठित मजदूर सङ्घर्ष समितिका संयोजक गोपाल राईका अनुसार क्यासिनो अन्नाका मजदुरको तलबभत्ता, उपदान पाउनुपर्ने मुख्य माग पीडित मजदुरको छ । ' काम गरेवापद्को रकम दिएर हामीहरुको रोजीरोटीको ग्यारेण्टी गरिनुपर्छ।' संयोजक राईले सीआईएनसँग भन्नुभयो, ' ९ सय २२ मजदुरलाई कामबाट निकालिएको छ । उनीहरुलाई पुनर्बहालीको माग पनि हामीले गरेका छौँ।'
रामेछापका बाबुराम ढकालले भन्नुभयो, ' बोल्न सक्ने, नेता पल्टेकाहरुले नयाँ व्यवस्थापनले क्यासिनो चलाउँदा पनि काम पाए, तलवभत्ता पनि लिएका छन् । तर टेक्ने लौरो र समात्ने हाँगो नभएका हामी जस्तालाई राख्न सक्दैनौँ भनेर निकालिएको छ।'
होटल व्यवस्थापनले क्यासिनो चलाउने जिम्मा गैरकानुनी तरिकाबाट एक वर्षअघि अर्कैलाई दिएपछि पुराना मजदुर पीडामा परेका हुन् । नयाँ क्यासिनो सञ्चालकले पुराना मजदुरलाई पुनः बहाली गरेन ।
न्याय माग्दै गठित मजदूर सङ्घर्ष समितिका संयोजक गोपाल राईका अनुसार क्यासिनो अन्नाका मजदुरको तलबभत्ता, उपदान पाउनुपर्ने मुख्य माग पीडित मजदुरको छ । ' काम गरेवापद्को रकम दिएर हामीहरुको रोजीरोटीको ग्यारेण्टी गरिनुपर्छ।' संयोजक राईले सीआईएनसँग भन्नुभयो, ' ९ सय २२ मजदुरलाई कामबाट निकालिएको छ । उनीहरुलाई पुनर्बहालीको माग पनि हामीले गरेका छौँ।'
अन्नाको पुरानो व्यवस्थापनले भने आफूहरुले समेत पीडित भएको भन्दै पञ्छिन खोजेको छ । अन्नाका तत्कालिन सञ्चालक समितिका अध्यक्ष तप्तबहादुर बिष्टले यस बारेमा अदालतमा मुद्दा चलिरहेको र आफू पनि पीडित भएको गुनासो गर्नुभयो । 'क्यासिनो अवस्था नाजुक भएपछि मलाई कुर्सीमा राखेका कारण मैले चलाइदिएको हुँ।' बिष्टले भन्नुभयो।
सर्वोच्च अदालतले गएको जेठ मा अन्न्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई नयाँ व्यवस्थापनले खोलेको क्यासिनोमा फर्काउनु र काम गर्न नचाहनेलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो । तर आदेशको पालना नहुँदा पीडितहरू झन् पीडामा छन् ।
श्रम अदालत र सवोच्च अदातले समेत मजदुरको पक्षमा निर्णय सुनाइसकेको छ । संर्घष समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गुहारेपछि थप अनुसन्धान गरी निर्णयमा पुग्ने तयारीमा मन्त्रालय छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव रामप्रशाद घिमिरेले श्रम कार्यालय र श्रम अदालतले दिएको आदेश हेरेर आवश्यक निर्णयमा पुगिने सीआईएनसँग बताउनुभयो । 'जुनसुकै प्रतिष्ठान पनि बन्द भयो भने कर्मचारी, मजदुरलाई प्राथमिक्तामा राखेर सेवासुविधा दिनुपर्छ भन्ने यथार्थ हो ।' सहसचिवत घिमिरेले भन्नुभयो।
सर्वोच्च अदालतले गएको जेठ मा अन्न्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई नयाँ व्यवस्थापनले खोलेको क्यासिनोमा फर्काउनु र काम गर्न नचाहनेलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो । तर आदेशको पालना नहुँदा पीडितहरू झन् पीडामा छन् ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५, ०७:३६