काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता छानबिनका बारेमा चासो देखाउनुभएको छ । सदस्यता छानबिन समितिको कार्यालयमा आज पुगेर समितिले गरिरहेको कामकारबाहीका बारेमा उहाँले जानकारी लिनुभएको छ ।
काठमाडौँको तिलगङ्गास्थित नेपाल भारतमैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिनुभएको हो ।
पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरेको काम प्रशंसनिय भएको भन्दै समयमा नै टुङ्गो लगाउन निर्देशनसमेत दिनुभएको क्रियाशील सदस्य छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउने जिम्मा क्रियाशील सदस्यता छानबिन समितिको काँधमा रहेकोसमेत बताउनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असार २६, २०७८, १७:३०