काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ।
उहाँलाई आजै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएकाे थियाे । प्रधानमन्त्री देउवासँगै नवनियुक्त मन्त्रीहरूले पनि सपथ ग्रहण गरेका छन् ।
गृहमन्त्रीमा काँग्रेस नेता बालकृष्ण खाँड, तथा अर्थमन्त्रीमा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयाेजित एक समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई पनि सपथ गराउनु भएकाे हो।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जल स्रोत तथा सिचाइँ मन्त्रीमा भने माओवादी केन्द्रका नेता पम्फा भुषालले सपथ लिनु भएको छ ।
मन्त्रिपरिषद्को आजै बसेको बैठकले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८, २१:३२