काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत आजै लिनुहुने भएको छ । आज बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिने तयारी देउवाले गर्नुभएको हो ।
विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भइसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने सभामुख अग्नि सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको आदेश अनुसार पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आजका बोलाइएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८, ११:२९