काठमाडौँ । चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाख मध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुग्ने भएको छ ।
खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार ४० लाख मध्ये आज अन्तिम खेप ल्याउन लागिएको हो ।
निगमले जम्मा खोप ल्याउन काठमाडौँबाट बेजिङका लागि योसहित चारवटा उडान गरेको छ । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८, ०९:३४