काठमाडौँ । इजरायलले नेपालबाट सुसारे अर्थात केयर गिभरको रुपमा १ हजार नेपाली दक्ष श्रमिकको माग गरेपछि वैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ ।
इजरायलबाट बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको रुपमा माग आएको हो । इजरायल र नेपाल सरकारबीच भएको सम्झौता अनुसार इजरायलबाट माग आएको र आज विज्ञापन खुलाइएको वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकले आवेदन खुला गरिएको २१ दिनभित्रमा विभागको वेबसाइटबाट आवेदन दर्ता गर्न सक्नेछन् ।
अनलाइन आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट ferms.dofe.gov.np मा गएर भर्न सकिनेछ ।
नेपालबाट २५ देखि ४५ वर्ष उमेरका, कक्षा १२ उतीणर् गरेका , यससम्बन्धि तालिम लिएका तथा स्वास्थ्य सम्बन्धी विषय पढेका व्यक्ति इजरायल जान पाउनेछन् ।
नेपाल र इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता भएको थियो । प्रतिष्पर्धाको आधारमा श्रमिक छनौट हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
आवेदनका लागि मापदण्ड यसप्रकार छन्ः
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८, ०८:२८