हुम्ला । लामो समयको प्रतीक्षापछि हुम्ला जिल्ला चंखेली गाउँपालिका अन्तर्गतका नेप्काबासी सञ्चार सुविधा पाएका छन् ।
जिल्ला सदरमुकामबाट निकै टाढा तथा चंखेली गाउँपलिकाको केन्द्र पिप्लाङबाट समेत हिड्न एक दिन लाग्ने नेप्का गाउँ चीन सँग जोडिएको छ ।
त्यहाँका नागरिकले हालसम्म कुनै पनि सञ्चार सुविधा पाएका थिएनन् । गाउँपालिकाको वडा नम्बर ५ नेप्कामा नेपाल टेलिकमको नयाँ टावर बनेपछि त्यहाँका नागरीकले सञ्चार सुबिधा पाएको अध्यक्ष धनलाल चौलागाईले बताउनुभयो ।
उहाँका अनुसार नेपाल टेलिकम बबरमहलको सामग्रीसहित प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको १५ लाख ढुवानी सहयोगमा हिजोबाट मात्र टावर सञ्चालनमा आएको हो ।
बिभिन्न निवार्चनमा त्यहाँका स्थानीय राजनीतिक दलका नेताहरु चुनावी नारा नै टेलिकमको टावर राख्ने भनिए पनि ३ वर्षसम्म टावर बनेको थिएन । २०७५ सालबाट सुरु गरी ३ वर्ष पश्चात सम्पन्न भएको छ ।
अहिलेसम्म फोन चलाउन नपाएका त्यहाँका नागरिकले अब भने देशबिदेशमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग कुराकानी गर्न पाएका वडा नम्बर ५ का अध्यक्ष भैरब तामाङ्ले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८, १३:१८