काठमाडौँ । पार्टीको आसन्न महाधिवेशनको मिति फेरि सार्न लागिएको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभएको छ ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै पौडेलले पार्टी सभापति देउवाको नाम उल्लेख नगरी सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको टिप्पणी गर्नुभएको हो ।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्बाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्ति वारम्बार सत्ता समाल्न पुग्छन् ।’ पौडेलले लेख्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८, ११:०२