काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका सामुदायिक रेडियोले झेल्दै आएको विद्युतसम्बन्धी समस्या समाधानका लागि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धा जनाउनुभएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको टोलीले दिएको ५ बुँदे ज्ञापनपत्र बुझ्दै घिसिङले ऊर्जा मन्त्री पम्फा भुसालसँग समन्वय गरेर आवश्यक निणर्य लिइने जानकारी गराउनुभएको महासचिव किशोरजङ्ग थापाले जानकारी दिनुभयो ।
नेपालका सामुदायिक रेडियोको विद्युतसम्बन्धी समस्या बारे आफू जानकार रहेको पनि कार्यकारी निर्देशको भनाइ थियो ।
भेटमा नेपालका सामुदायिक रेडियोको विद्युतसँग सम्बन्धित समस्याका बारेमा अकोराबका अध्यक्ष अर्जुन गिरीले जानकारी गराउनुभएको थियो ।
ज्ञापनपत्रको पूर्णपाठः
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८, १५:१३