काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो ।
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेका अनुसार पूर्व निर्धारित मितिबाट महाधिवेशन सार्ने बारेमा नेताहरुबीच सहमित जुटेपछि आज निर्णय लिइएको हो ।
बैठकले क्रियाशील सदस्यताको अन्तिम नामावली र निर्वाचन निर्देशिका बुझाउने अन्तिम म्याद भदौ २ गतेसम्म तोकेको छ। अब वडास्तरको अधिवेशन भदौ १८ गते हुनेछ। गाउँ र नगरको अधिवेशन भदौ २७ गते हुनेछ।
प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको असोज ५ र जिल्ला अधिवेशन असोज १० गते हुनेछ।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८, २०:१३