काठमाडौँ प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागिएको भन्द्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी विभाजनको षड्यन्त्र भइरहेको बताएको छ ।
गएराति वक्त्व्य निकाल्दै एमाले अध्यक्ष ओलीले नेकपा (एमाले) र पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य नहुने बताउनु भएको छ ।
वक्तव्यमा पार्टीका सबै नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागिएको चर्चा चलेपछि पूर्वप्रधानमन्त्री ओलीलले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।
एमाले अध्यक्ष ओलीले निकाल्नुभएको वक्तव्यः
राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी र पार्टी योजना बारेमा छलफल गर्न एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आजका लागि बोलाएको छ ।
बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो ।
सीआईएनसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले अबको एकदुई महिनाभित्रमा केन्द्रदेखि स्थानीयस्तरमा नेताकार्यकर्ता परिचान गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काउने गरी अभियान चलाइने बताउनुभयो ।
राजनीतिक दलसम्बन्धी अध्यादेश आए पनि पार्टीका सीमित नेता मात्रै निस्कने उहाँले दावी गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८, ०९:५१