काठमाडौँ । कतिपय मानिसहरू बम, गोला र बन्दुकलाई तालिबानको पर्यायको रूपमा लिन्छन् । ९० को दशकमा पाकिस्तानको उत्तरी क्षेत्रमा उदय भएको तालिबानले अफगानिस्तानमाथि सन् १९९४ मा कब्जा ग¥यो । जुन बेला सोभियत सङ्घ अफगानिस्तानबाट बाहिरिँदै थियो ।
शोभियतसङ्घको नियन्त्रणमा रहेको अफगानिस्तानमा महिलाहरूलाई कुनै पनि किसिमको रोकटोक थिएन । उनीहरू पश्चिमी सभ्यता अनुसार नै पढ्ने, हिँडडुल गर्ने, पहिरन पनि आफू खुशी लगाउने गर्थे ।
तर शोभियत सङ्घ अफगानिस्तानबाट बाहिरिएपछि त्यहाँ भ्रष्टाचार मौलाउन थाल्यो ।
आन्तरिक विवाद र बढ्दो भ्रष्टाचारका कारण अफगानिस्तानको अवस्था बिग्रिँदै गयो । अफगानिस्तानको राष्ट्रपति मोहम्मद नजिबुल्लाह शोभियत सङ्घको पालामा बलियो हुनुहुन्थ्यो ।
तर सन् १९८९ मा शोभियत सङ्घ अफगानिस्तानबाट बाहिरिएपछि उहाँको सत्ता कमजोर हुन थाल्यो । १९९२ मा उहाँले आफ्नो विकल्पमा कोही आए पद त्याग्ने घोषणा पनि गर्नुभयो ।
अफगानिस्तानको अवस्थाबारे विभिन्न चरमपन्थी सङ्गठनले थाहा पाएपछि विभिन्न १५ वटा मुजाहिद्दिन सङ्गठन आक्रमण गर्ने सोँचका साथ अघि बढ्दै थियो ।
ती चरमपन्थी सङ्गठनले नजिबुल्लाहलाई मुस्लिम देशमा कम्यूनिष्टले राज गरेको र शोभियत सङ्घको नोकर भएको भन्दै मन पराउँदैनथे ।
७ अप्रिल १९९२ मा नजिबुल्लाह आफ्नै मुलुकमा एक्लिनुभयो । उहाँकै मन्त्रीपरिषद्का विदेशमन्त्री अब्दुल वकिलले उहाँको साथ दिनुको साटो मुजाहिद्दिनलाई उपहारको रुपमा सुम्पिनेमा लाग्व्नुभयो ।
राष्ट्रपति नजिबुल्लाह आफ्नो सुरक्षाका लागि संयुक्त राष्ट्र सङ्घको अफगानिस्तानस्थित मुख्यालय पुग्नुभयो । उहाँले राष्ट्रपति भवन छोडेपछि नै मुजाहिद्दिनले सत्ता कब्जामा लिइसकेको थियो । तर, १९९४ मा मात्रै पूर्ण रूपमा उसले सत्तामाथि कब्जा गर्यो ।
साढे ४ वर्षसम्म संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा शरण लिनुभएका नजिबुल्लाहले २७ सेप्टेम्बर १९९६ मा तालिबानले सङ्घको कार्यालयमा आक्रमण गर्यो ।
अमेरिकाले आफ्नो नेटो सेनालाई तैनाथ गरेर अफगानिस्तानको जनजीवन सामान्य बनाउन थाल्यो । महिलाहरुहरु मात्रै होइन सबैको जनजीवन सामान्य बन्दै गएको थियो ।
तालिबानको आक्रमण सुनेर नजिबुल्लाहले आफ्नो अन्तिम समय रहेको महसुस गर्नुभयो । कार्यालयमा प्रवेश गरेका तालिबानले उहाँसहित उहाँका भाइ, अङग रक्षक र सचिवलाई घिसार्दै बाहिर निकाल्यो ।
नराम्रोसँग कुटपिट गर्दै नजिबुल्लाहको टाउकोमा गोली हानि हत्या गरेर क्रेनमा झुन्ड्याइयो । तालिबानको यो क्रुरता देखेर अफगान नागरिकमा डर र त्रास उत्पन्न भयो ।
तालिबानलाई सुरुको दिनमा साउदी अरबबाट आर्थिक सहयोग हुने गरेको थियो भने अफगानिस्तानमाथि कब्जा जमाएको तालिबानलाई पाकिस्तानले हतियार सहयोग गरिरहेको थियो ।
तालिबानले सत्ता सम्हालेपछि उसले आफ्नो क्रुरता कायम राख्यो ।
झन्डै २० वर्ष शासन गरेको तालिबानले आफ्नो शासनकालमा महिलालाई घर बाहिर निस्कदा परिवारको सदस्यलाई लिएर निस्कनुपर्ने, विद्यालय जान नपाइने, राजनीति गर्न नपाइने, अनुहार र शरीरका कुनै पनि भाग देखाउन नपाइने, चोरी गर्नेको हात काटिदिने, सार्वजनिक स्थानमै मृत्युदण्ड दिने लगायतको सजाय र बन्देज लगाइएको थियो ।
अफगानिस्तानका वर्तमान सांसद फरजाना कोचाईले तालिबानको कब्जापछि महिला मात्रै होइन सबै निकाय त्रासमा आएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘सरकारी कर्मचारी, महिला बालबालिका, सांसद, नेता सबैजना त्रसित छन् । तालिबानले आजभन्दा २० वर्ष अघि गरेको व्यवहार र उसको सत्ताका कारण सबैजना डरमा छन् । कसैलाई थाहा छैन अब तालिबानको आगामी रणनीति के हुनेछ । यो अवस्थामा हामी देश छोडेर कतै जान पनि सक्दैनौँ ।’
२० वर्ष तालिबानको क्रुरता र ज्यादती भोगेका अफगान नागरिक तालिबानको नामै सुनेर त्रसित बनेर त्यहाँबाट भागिरहेका छन् भने उद्धारका लागि आग्रह गरिरहेका छन् ।
तालिबानले २० वर्षसम्म साशन गर्ने क्रममा अमेरिकाको ट्वीन्टावरमा सन् २००० मा आक्रमण भयो । ओसामाबिन लादेनको नेतृत्त्वमा तालिबानले आक्रमण गरेको भन्दै अमेरिकाले बदलास्वरुप अफगानिस्तानमाथि आक्रमण गर्दै सत्तामाथि कब्जा गर्यो ।
अमेरिकाले आफ्नो नेटो सेनालाई तैनाथ गरेर अफगानिस्तानको जनजीवन सामान्य बनाउन थाल्यो । महिलाहरुहरु मात्रै होइन सबैको जनजीवन सामान्य बन्दै गएको थियो ।
अमेरिकाले २० वर्षसम्म अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा राख्दा महिलाहरूको अवस्थामा निकै सुधार आएको थियो ।
हाल संसदमा २७ प्रतिशत सिट महिलाका लागि आरक्षित गरिएको छ भने एक हजार महिलाले आफैँ उद्यम चलाइरहेका छन् भने ३५ लाख बालबालिका विद्यालय जाने गरेका छन् ।
तर, यसै वर्षको अप्रिलदेखि तालिबानको आक्रमण श्रृखङ्खलाबद्ध रूपमा सुरु भयो । अप्रिलमा अमेरकाले आफ्नो सेना अफगानिस्तानबाट फिर्ता बोलाउने निर्णय गर्यो ।
मे महिनामा तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण भयो र अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात भयो ।
जुन महिनामा तालिबानले अफगानिस्तानको ३ सय ७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ छ ।
उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण पनि सुरु भयो । २१ जुलाइमा एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा आइसकेको थियो भने ६ अगस्टमा लडाकु समूहद्वारा जारान्ज कब्जामा लिइयो ।
आफ्नै उदण्डताले सत्ता गुमाएको तालिबान यसपटक सत्तामा फर्कँदै गर्दा हतियार बोकेर फर्किए पनि व्यवहार अहिलेसम्म शान्तिपूर्ण देखिन्छ, यद्यपी हिंसाका घटना भएका र मानिसहरू मारिएका खबर पनि आउन थालेका छन् ।
जुन तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी पनि हो । १४ अगस्टसम्म तालिबानले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानी कब्जा गरिसकेको थियो भने १५ अगस्टका दिन प्रमुख राजधानी काबुलमाथि कब्जा भएको दावी गर्यो ।
अफगानिस्तानले राजधानी काबुल नियन्त्रणमा लिएपछि त्यहाँका सर्वसाधारण मात्रै होइन संयुक्त राष्ट्र सङ्घसहित विश्वका विभिन्न मुलुक र अधिकारकर्मी चिन्तित बनेका छन् ।
२० वर्ष तालिबानको क्रुरता र ज्यादती भोगेका अफगान नागरिक तालिबानको नामै सुनेर त्रसित बनेर त्यहाँबाट भागिरहेका छन् भने उद्धारका लागि आग्रह गरिरहेका छन् ।
तालिबानको नियन्त्रणमा राजधानी काबुल आएपछि त्यहाँ रहेका विभिन्न देशका दूतावास र कार्यालयहरू खाली भइसकेको छ ।
सुरुको समयमा भ्रष्टाचार नियन्त्रणमा जोड दिएको तालिबान लोकप्रिय थियो । तर, बिस्तारै उसका व्यवहार बदलिए र मानव अधिकार उल्लङ्घनका घटना पनि बढे ।
आफ्नै उदण्डताले सत्ता गुमाएको तालिबान यसपटक सत्तामा फर्कँदै गर्दा हतियार बोकेर फर्किए पनि व्यवहार अहिलेसम्म शान्तिपूर्ण देखिन्छ, यद्यपी हिंसाका घटना भएका र मानिसहरू मारिएका खबर पनि आउन थालेका छन् ।
अफगानी महिलाहरू भने तालिबानको पुरानै व्यवहार पुनरावृत्ति हुने शङ्का गरिरहेका छन् । तर, तालिबानले यसपटक कुनै स्वतन्त्रता नखोसिने बताउँदै आएको छ ।
तालिबानका प्रवक्ता सुहैल साहिनले गत मंगलवार पहिलोपटक पत्रकार सम्मेलन गरेर कसैसँग बदला र दुश्मनी नगर्ने बताइसक्नुभएको छ । उहाँले भन्नुभयो, ‘हामी कोहीसँग पनि बदला लिनका लागि आएका होइनौँ । हामी जनताका सेवक हौँ । तपाईँको सम्पत्ति, तपाईँकै हुनेछ ।’
जति आक्रामक रूपमा तालिबान सत्तामा आएको छ, उनि नै शालिन व्यवहार देखाउन खोजेको देख्निछ । यद्यपी सुरुवाती केही महिनाको तालिबानीको व्यवहारबाट उसले भविष्यमा चाल्ने कदमलाई विश्लेषण गर्नु हतार हुनसक्छ ।
बीबीसी युकेका अफगानिस्तान संवाददाता हाल्दा यकिमसँगको कुराकानीमा साहिनले महिलाहरूको सुरक्षा आफूहरूको जिम्मेवारी रहेको र उनीहरूका लागि विद्यालय, विश्वविद्यालय पनि खुला रहने र उनीहरू पढ्न जान पाउने बताउनुभएको छ ।
पत्रकार सम्मेलनको क्रममा साहिनले शान्तिपूर्ण सरिया साशन गर्ने र सोही अनुसारको कानुन लागूु गर्ने बताउनुभयो । महिलाले हिजाब लगाउनुपर्ने कुरालाई लागु गरिने तर, हिजाबमा कुनै बन्देज नहुने पनि उहाँले प्रष्ट पार्नुभयो ।
मुस्लिम शासन लागु गर्नका लागि आफूहरू आएको भन्दै उहाँले सबैलाई सहज वातावरणमा रहन पनि आग्रह गर्नुभयो ।
साहिनको कुरामा विश्वास गर्ने हो भने तालिबान सकारात्मक दिशामा अघि बढ्ने सङ्केत देखिन्छ । तर, आउने दिनमा कस्तो सत्ता सञ्चालन हुने हो भन्नेमा सबैको ध्यान केन्द्रीत छ ।
सार्कको सबैभन्दा कान्छो सदस्य अफगानिस्तानले यतिबेला विश्व समुदायको ध्यान आफूतिर तानेको छ । २० वर्षपछि दुनियाँलाई चकित बनाउँदै तालिबान सत्तामा फर्किएको छ भने, अमेरिकाले खर्चिएको अर्बौँ डलर बालुवामा पानी बनेको छ ।
जति आक्रामक रूपमा तालिबान सत्तामा आएको छ, उनि नै शालिन व्यवहार देखाउन खोजेको देख्निछ । यद्यपी सुरुवाती केही महिनाको तालिबानीको व्यवहारबाट उसले भविष्यमा चाल्ने कदमलाई विश्लेषण गर्नु हतार हुनसक्छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८, १०:१९