काठमाडौँ । हरेक वर्ष श्रावण शुक्ल पूणर्िमाका दिन मनाइने जनै पूर्णिमा, रक्षाबन्धन तथा राखी बाँध्ने पर्व केही दिनअघि मात्रै नेपालमा मनाइएको छ ।
यो पर्वले नेपाली समाजमा पारेको प्रभाव र विस्तारले सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध अझैँ गहिरो हुने अपेक्षा गर्न सकिन्छ । तर नेपालमा प्रयोग गरिने जनै, रक्षाबन्धन र राखीमा विदेश उत्पादन हावी बनेको छ ।
तराई-मधेसको राखी बाँध्ने चलन बिस्तारै पहाड अनि हिमालतिर सरेको छ । सोलुखुम्बुका निर्मला गुरुङ राखी किन्न हरेक वर्ष काठमाडौँका बिभिन्न बजारमा पुग्नुहुन्छ ।
छोरीले आफ्नो भाईलाई राखी बाँध्न रहर गरेपछि तीन वर्ष यता उहाँले राखी किन्दै आउनुभएको छ ।
रक्षा बन्धन वा राखीको दिनमा दिदीबहिनीहरूले आफ्ना दाजूभाइको दाहिने हातमा दीर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो अनि फूल जोडिएको राखी लाइदिने चलन छ ।
दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको राखी पर्व सबै समुदायले मनाउन थाल्नु सुखद हो भन्नुहुन्छ, विरगञ्जका राम भरोस प्रसाद ।
आजभन्दा दश वर्ष पहिले नेपालमा राखी बाध्ने चलन त्यति नभएको तर हिजोआज सवै धर्माबलम्बीका नागरिकमा राखी बाँध्ने चलन बढेको उहाँ बताउनु हुन्छ ।
राखी बाँध्ने चलन बढ्दै जाँदा यसको व्यापार पनि फस्टाएको छ । जनै पूणर्िमाका दिन जनै फेरिन्छ । काँचो धागोलाई रातो वा पहेंलो रङ्गमा रङ्ग्याएपछि नारायण कवचसमेत पाठ गरेर रक्षाबन्धन पूजा गरिन्छ ।
रङ्गीचङ्गी बनाइएका राखीको बढ्दो प्रयोगले एकातिर नेपाली मुद्रा बाहिरिएको छ भने रक्षाबन्धनको परम्परालाई पनि ओझेलमा पारेको संस्कृतिका जानकारहरू बताउँछन् ।
त्यसपछि गुरु, पुरोहित वा जजमानको हातबाट डोरो बाँध्ने चलन छ । राखी नेपालमा उत्पादन हुँदैन तर जनै, रक्षाबन्धन अर्थात् डोरो भने नेपालमै उत्पादन हुन्छ ।
तर भारतबाट वर्षमा एक अर्ब भन्दा बढि रकमको जनै, राखी लगायत अन्य पुजा सामग्री भित्रिने गरेको पाइएको छ ।
व्यापार तथा निकासी प्रवर्धन केन्द्रका तथ्याङ्क शाखा प्रमुख कृष्ण बजगाईँका अनुसार पूजामा चढाउने जनै, सानो आकारका जनै, जनै बनाउने घागो सबै भारतवाट आयात हुने गर्छ ।
२० वर्षदेखि नेपालमै जनै तथा रक्षाबन्धनको धागो उत्पादन गर्दै आएको राधा उद्योगले वर्षको पाँच लाखको जनै व्यापार गर्छ ।
नेपालको जनै व्यापारलाई भारत
बाट ल्याइएका जनैले विस्थापित गर्न थालेपछि उत्पादन घटाउनु परेका उद्योग सञ्चालक एवम् संस्कृतिका जानकार बुद्धिप्रसाद शर्मा बताउनुहुन्छ ।
नेपालको उत्पादनले धान्न सक्ने अवस्था रहदा पनि बाहिरवाट आयात गरिनु दुखद भएको उहाँ बताउनु हुन्छ । स्वदेशी उतपादनलाई बढावा दिन आयातलाई घटाउने नीति सरकारलाई शर्माको आग्रह छ ।
रङ्गीचङ्गी बनाइएका राखीको बढ्दो प्रयोगले एकातिर नेपाली मुद्रा बाहिरिएको छ भने रक्षाबन्धनको परम्परालाई पनि ओझेलमा पारेको संस्कृतिका जानकारहरू बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८, ०७:२७