काठमाडौं । अब लगातार झरी पर्ने क्रम घट्दै जाने मौसमविद्ले बताएका छन् । हिजोअस्ति लगातार झरी पारेको प्रणाली कमजोर बन्दै गएकाले आजदेखि लगातार पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
तर मनसुनी न्यूनचापिय क्षेत्रको प्रभावले आज पनि थोरै ठाउँमा भारी वर्षाको सम्भावना भने कायमै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।
राति बागमती प्रदेशमा निकै ठूलो पानी पारेको प्रणाली दक्षिणतिर सर्दै गएको मौसमविद् अर्यालले बताउनुभयो । हिजोअस्ति झरी परेकाले धेरै जलवाष्पयुक्त हावा हुँदा कतै नजिकै पानी परेपनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने उहाँको भनाइ छ । अस्तिदेखि देशका बिभिन्न ठाउँमा परेको बर्षाका कारण ठाउँ ठाउँका नागरिकको जनजीवन प्रभावित भएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८, ०६:४४