दाङ । दाङमा खहरे खोलामा आएको बाढीले गाडी बगाउँदा चारजनाको मृत्यु भएको छ ।
गएराति १० बजेतिर घोराही लमही सडकखण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले नेपालगन्जबाट फर्केको प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको गाडी बगाएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सीआइएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परेर घोराही १३ का ३२ वर्षका सुशीला श्रेष्ठ र ४० वर्षका रितामाया पुन तथा घोराही–१४ का ३० वर्षका राधा श्रेष्ठ कुँवर ४२ वर्षका विमला केसीको मृत्यु भएको हो ।
चालक घोराही–१५ का ४० वर्षका नरबहादुर पुन भने घाइते हुनुभएको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८, ०७:४३