काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजनीनामा दिनुभएको छ ।
यसअघि नेकपा भङ्ग भएपछि पार्टी एकता अभियान चलाउनुभएका नेता गौतमले एमाले विभाजन भएपछि भने नेता माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने सङ्केत गर्नुभएको थियो ।
एकीकृत समाजवादी पार्टीले जनताको बहुदलीय जनवाद छोड्न नहुनेमा जोड दिँदै आउनुभएका नेता गौतम पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणासहित राजीनामा लिएर एमाले पार्टी कार्यालय थापाथलीमा पुग्नुभएको थियो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेता गौतमले आज आफै उपस्थित भएर राजीनामा बुझाउनुभएको सीआईएनसँग बताउनुभयो ।
एमाले त्यागे पनि गौतमले एकीकृत समाजवादीमा जाने वा नजाने बारेमा हालसम्म केही खुलाउनुभएको छैन ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८, १९:३४