काठमाडौं ।
देशका हजारौं शिक्षित युवा विदेशिरहेका छन् । डाक्टर, इन्जिनियर बन्ने युवाले त झन पढाइ पूरा नगर्दै भाषा सिक्ने र विदेश जाने योजना बनाइसकेका हुन्छन् । तर इन्जिनियरिङ पढेका केही युवा भने आफ्नो शहर र नगरलाई व्यवस्थित बनाउने योजना बनाइरहेका छन् ।
काठमाडौंका अधिकांश सडक अस्तव्यस्त छन् । घाम लाग्दा धुलो, पानीपर्दा हिलो र खाल्डाखुल्डी राजधानीका सडकका सामान्य दृश्य हुन् । तर तीनै सडकलाई व्यवस्थित बनाउन युवाहरुको एउटा टोली लागि परेको छ ।
काठमाडौं महानगरले युवाहरुको ज्ञान, सीप र भिजन सदुपयोग गर्न ‘करियर क्याम्प’ चलाइरहेको छ ।
काठमाडौं कपनका २४ वर्षका अशोक वाग्ले सडकमा कति सवारी चल्दा सहज हुन्छ, सडकलाई यात्रुमैत्री कसरी बनाउने ? भन्ने अध्ययनमा व्यस्त हुनुहुन्छ । उहाँको टोलीले महानगरमा रहेका पोखरी, पार्क, सार्वजनिक शौचालय, भवन, मन्दिर, बिहारलाई कसरी आधुनिक र व्यवस्थित बनाउन सकिन्छ भन्ने अध्ययन पनि गरिरहेको छ ।
काठमाडौं महानगरले युवाहरुको ज्ञान, सीप र भिजन सदुपयोग गर्न ‘करियर क्याम्प’ चलाइरहेको छ । पुल्चोक इनिजनियरिङ क्याम्पसबाट भर्खरै व्याचलर सक्नुभएका इटहरीका सौरभ पराजुली काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा ‘करियर क्याम्प’ नाम दिएर सञ्चालन भइरहेको यस कक्षामा आउन थालेको एकहप्ता भयो ।
करिअल क्याम्पको कक्षामा भेटिनुभएका पराजुलीले भन्नुभयो, ‘केही प्राविधिक कुरा पनि छन्, केही समूदायमा गएर गर्ने कामका विषयमा पनि सिकिरहेका छौं । व्यवसायिक जीवनका बारेमा यहाँ आएर बुझ्दैछु ।’
किन सुरु भयो करियर क्याम्प ?
करियर क्याम्प काठमाडौं महानगपालिकाको शहरी योजना आयोगले ल्याएको एउटा नयाँ अवधारणा हो । महानगर र युवा दुइटैको भविश्य जोडिएको यस क्याम्पमा इन्जिनियरिङ पढेका युवाहरु जोडिएका छन् ।
भर्खरै पास भएका सिभिल इन्जिनियर, आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्भारोमेन्ट इन्जिनियर, अर्बान प्लानर गरी १६ जना यूवाले एउटा क्याम्पको ६ महिने अवधिमा सैद्धान्तिक र व्यवहारिक दुईटै कुरा सिक्छन् ।
महानगरले किन आवश्यक ठान्यो यो क्याम्प ? यो प्रश्नमा काठमाडौं महानगरपालिका, शहरी योजना आयोगका अधिकृत सुशिल सुवेदीले भन्नुभयो, ‘इन्जिनियरिङ क्षेत्रका दक्ष र प्राविधिक जनशक्तिलाई शासन र सरकारका विषयमा थाहा दिदै महानगरको विकासमा प्रत्यक्ष सहभागीता गराउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो ।’
इन्जिनियरिङ जनशक्ति तुलनात्मक रुपमा दक्ष जनशक्ति भएको र त्यही दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न यस्तो अभियान शुरु भएको आयोगको भनाइ छ ।
मुख्य दुईटा कुरा छ हेर्नुस्, सुवेदीले अगाडी थप्नुभयो, ‘शासनमा जनताको सहभागीता भन्छौं हामीले । शासनमा जनताको सहभागीता के त ? जनताको सहभागीता उहाँहरुको विरोध मात्रै होइन । उहाँहरुको क्रियटिभ आइडिया र उहाँहरुको अर्थपूर्ण सहभागीता हुनुपर्छ शासनमा भन्ने मान्यताका साथ हामीले यो कार्यक्रम अगाडि बढाएको हो ।’
इन्जिनियरिङ जनशक्ति तुलनात्मक रुपमा दक्ष जनशक्ति भएको र त्यही दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न यस्तो अभियान शुरु भएको आयोगको भनाइ छ । दोश्रो कारणको विषयमा सुवेदीले भन्नुभयो, ‘धेरै इन्जिनियरिङ पढेका युवाहरु जो दक्ष हुनुहुन्छ उहाँहरु विदेश जानुहुन्छ, विदेशमा पढ्नुहुन्छ, उतै राम्रो अवसर पाउनुहुन्छ अनि नेपाल फर्किन आवश्यक ठान्नुहुन्न । त्यही बे्रन ड्रेनको समस्यालाई ब्रेक गर्न खोजेको हो हामीले ।’
२०७५ साउन एक गतेबाट सूरु भएको यो कार्यक्रम अन्तर्गत पहिलो तालिम सकिएर माघ १ गतेबाट दोश्रो तालिम चलिरहेको छ । कुराकानीमा करिअर क्याम्पको संयोजक तथा आयोजनाका अधिकृत सुवेदीले भन्नुभयो, ‘पहिलो क्याम्पलाई हामीले बिदा गरिसक्यौं । यो ६ महिनाको दौडानमा उहाँहरुलाई विभिन्न प्राविधिक कानुनी, सामाजिक तथा शहरी योजनाका सम्बन्धमा चाहिने ज्ञानहरुको क्लास गछौं ।’
के सबै इन्जिनियरले यो कार्यक्रममा सहभागी हुन पाउँछन् ?
होइन । इन्जिनियरिङ पढेका सबै युवाले यो कार्यक्रममा सहभागी हुन पाउँदैनन् । एउटा क्याम्पमा १६ जना युवाले काम गर्छन् । काठमाडौं महानगरपालिका शहरी योजना आयोगले ‘करिअर क्याम्प सञ्चालन कार्यविधि २०७५’ तयार पारेको छ ।
महानगरले आर्थिक वर्ष २०७५/०७६ को बजेटमै करिअर क्याम्पको लागि बजेट छुट्याएको थियो । कार्यविधि अनुसार खुल्ला प्रतिस्पर्धाबाट १६ युवा छानिन्छन् । लिखित र अन्तरवार्तामा पास भएका युवा करिअर क्याम्पमा सहभागी हुन पाउँछन् ।
पहिलो तालिमका लागि ९१ जनाको आवेदन परेको थियो । दोश्रो तालिमका लागि खुलेको आवेदनमा त्यो संख्या बढेर ३ सय ८८ पुग्यो । देशको जुनसुकै ठाउँका युवाले आवेदन भर्न सक्नेछन् ।
के भन्छन् सहभागी ?
स्कुल र क्याम्पसमा पुस्तकका सैद्धान्तिक ज्ञानमात्रै सिक्न पाएको आफूहरुले करियर क्याम्पमा आएर देशको शासन प्रणाली र विकासको बारेमा धेरै कुरा जान्ने मौका पाएको सहभागीहरुको प्रतिक्रिया छ ।
पढेका धेरै युवा विदेशी रहेका छन्, प्राविधिक शिक्षा पढेकाहरु त झन निकै कम मात्रै देशमा बस्ने योजनामा हुन्छन् ।
पहिला र यहाँ आएपछि तपाईले के फरक महसुस गर्नुभयो ? सीआईएनको यो प्रश्नमा पहिलो क्याम्पका सहभागी अशोक वाग्लेले भन्नुभयो, ‘हो म पनि पहिला यही सोच्थें, पढ्न त पढियो तर नेपालमा केही अवसर छैन । तर होइन रहेछ । यहाँ आएपछि थाहा पाएँ कि, सम्भावना त अथाहा रहेछ । हामीले नदेखेका रहेछौं । हामीले सिक्न बाँकी धेरै रहेछ । ’
उहाँले अझै अगाडी थप्नुभयो, ‘देश संघीयतामा गएपछि वडामै कति धेरै अधिकार दिएको छ तर मलाई यो कुरा थाहा थिएन । सायद यो क्पाम्पमा नआएको भए थाहा पाउने थिइनँ । राज्य सञ्चालन, सरकारका अधिकारहरु, सरकारी कामको प्रक्रिया, नयाँ कानुनी व्यवस्था जस्ता विषयमा धेरै युवालाई थाहै छैन । यि सबै कुरा नबुझेपछि युवा देशप्रति धेरै नकारात्मक बन्छन् ।’
पढेका धेरै युवा विदेशी रहेका छन्, प्राविधिक शिक्षा पढेकाहरु त झन निकै कम मात्रै देशमा बस्ने योजनामा हुन्छन् ।
महानगरले सुरु गरेको यो कार्यक्रमबाट अन्य स्थानीय सरकारले पनि केही सिक्न सक्छन् ? हाम्रो यो प्रश्नमा वाग्लेले भन्नुभयो, ‘मलाई लाग्छ अन्य स्थानीय तहले पनि युवालाई पलायन हुनबाट रोक्न पक्कै यो कार्यक्रमबाट सिक्न सक्छन् । तर करिअर क्याम्प नै सञ्चालन गर्नुपर्छ भन्ने छैन ।
आफ्नो क्षेत्र सुहाउँदो फरक फरक कार्यक्रम सञ्चालन गर्न सकिन्छ । काठमाडौंमा हामीले आधुनिक शौचालय, सडक, ऐतिहासिक पोखरी, मन्दिर, बिहार र पार्कको अध्ययन गरिरहेका छौं, सबै ठाउँमा यस्तै आवश्यक नहोला ।
तर अब गाउँमै सरकार छ, नयाँ व्यवस्था आएको छ र युवाले गाउँमै बसेर सृजनशिल काम गर्नुपर्छ भन्ने कुरा बुझाउन सक्नुपर्छ । यसका लागि त सरकारले नै अग्रसरता लिनुपर्छ । युवाले पनि खाली सरकारलाई मात्रै दोष दिनुभन्दा आफूले पनि के गर्न सकिन्छ भनेर सोच्नुपर्छ जस्तो लाग्छ ।’
करिअर क्याम्पको लगानी कति, उपलब्धी के ?
पहिलो तालिमका लागि महानगरले छुट्याएको ३३ लाख २० हजार मध्ये २२ लाख रुपैयाँ खर्च भयो । सहभागी १६ युवालाई कार्यक्रमभरी खाजा खर्च बापत् मासिक १५ हजार रुपैयाँ (प्रतिव्यक्ति) दिइन्छ ।
‘हाम्रो लगानी भनेको क्याम्प सञ्चालनको लागि भएको खर्च हो । उहाँहरुले गरेको डिजाइन हाम्रो लागि उपलब्धी हो ।’ – अधिकृत सुवेदीले भन्नुभयो । बनेका २३ वटा गूरुयोजना बाहिरी विज्ञबाट बन्नेभन्दा निकै कम खर्चमा बनेको आयोजना बताउँछ ।
के के हुन् बनेका योजना ?
पहिलो तालिमका १६ जना यूवाले ६ महिनाको अवधिमा महानगरलाई स्वच्छ, सुन्दर, हराभरा र व्यवस्थित बनाउन फरक फरक क्षेत्रका २३ वटा गूरु योजना बनाएका छन् ।
काठमाडौं महानगरको वडा नम्बर ५ एउटा ऐतिहासिक स्थान हो । जसलाई हाडिगाउँ भनिन्छ । त्योसँगै रहेको भाटभटेनि सत्तलको पुननिर्माणको गुरुयोजना बनेको छ ।
कमलपोखरी पनि पुरानो पोखरी हो । वातावरणिय दृष्टिले हेर्दा शहरको बिचमा रहेको त्यो पोखरी सुन्दर छ । त्यसलाई मनोरम बनाउन गूरु योजना तयार भएको छ ।
त्यस्तै शिलखाना पार्क । त्यसैगरी काठमाडौं महानगरमा भएको सार्वजनिक शौचालयको अध्ययन भएको छ । विभिन्न आुनिक शौचालयका डिजाइन तयार भएका छन् । ‘स्मार्ट पब्लिक ट्वाइलेट’ कस्तो हुनुपर्छ ? भनेर युवा इन्जिनियरहरले अध्ययन गरेका छन् ।
पहिलो तालिमका १६ जना यूवाले ६ महिनाको अवधिमा महानगरलाई स्वच्छ, सुन्दर, हराभरा र व्यवस्थित बनाउन फरक फरक क्षेत्रका २३ वटा गूरु योजना बनाएका छन् ।
ट्राफिक व्यवस्थापनको सन्दर्भमा माइतिघरदेखि कोटेश्वरसम्म पैदलयात्री सहजिकरणको लागि अध्ययन भएको छ । ड्याचलकु पाटी, चंकुगणेश मन्दिर, बर्मचक्र महाबिहार, महानगर वडा नम्बर ३१ को वडा भवन, टुँडालदेवी पार्क, जेष्ठ नागरिक पार्क, चेस पार्क लगाएतको डिजाइन भएको छ ।
अब तीनै युवाले तयार पारेको गुरुयोजनामा महानगरले काम गर्नेछ । कतिपय योजना कार्यान्वयनको चरणमा गइसकेका छन् भने कति प्रक्रियामा छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५, ०६:१४