काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।
प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठक सवा १२ बजे लोहत्से हलमा बस्ने छ ।
पार्टीका प्रमुख सचेत विशाल भट्टराईले संसदमा कसरी प्रस्तुत हुने मुख्य एजेन्डाका साथ संसदीय दलको बैठक बस्न लागेको सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँले सभामुखले प्रतिपक्षसँग कुनै पनि समन्वय र छलफल नै नगरी बैठक अगाडि बढाएको र आफूहरूले उठाएका प्रश्नको बारेमा जवाफ नदिएसम्म बैठक चल्न नदिने पनि बताउनुभयो ।
उहाँले एमालेको स्थायी कमिटी बैठक आज पनि जारी रहने जानकारी दिनुभयो । बैठकमा विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुने भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८, ०८:५९