का७माडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा १२ वटा अध्यायदेश स्वीकृतको लागि प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
बैठकमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
तर गत बुधबारदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका बीच पनि बैठकमा विभिन्न अध्यायदेश भने प्रस्तुत भइरहेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८, ०९:१२