काठमाडौँ । संविधान दिवसको अवसर पारेर सरकारले ९ सयभन्दा बढीलाई मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ ।
गृहमन्त्रालयका अनुसार 'नेपाल रत्न' पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय भएको छ भने 'राष्ट्र गौरव विभूषण' मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय भएको छ ।
'महाउज्जवल राष्ट्रद्वीप' विभूषण भने प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, राजनीतिज्ञ मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मङ्गलादेवी सिंह, प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गानन्द झा र स्वर्गीय गायक नारायण गोपाललाई दिने निर्णय सरकारले गरेको छ ।
प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई 'सुप्रसिद्ध प्रबल जनसेवाश्री' विभूषण तथा 'उज्जवल कीर्तिमय राष्ट्रद्वीप' न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ ।
वैशाख १ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहका बीच विभूषण प्रदान गर्ने कार्यक्रम छ ।
मानपदवी, अलङ्कार पाउनेको नामावलीः
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८, ०७:३५