काठमाडौँ । पहिलोपटक सन् १९९९ मा मलेसियामा फेला परेको ‘निपाह’ भाइरसलाई प्राणघातक सङ्क्रमणको रुपमा लिइन्छ । ‘निपाह’ भाइरस एक यस्तो भाइरसको हो जो मानिसबाट मानिसमा, जनावरबाट मानिसमा र जनावरबाट जनावरमा सर्छ ।
पछिल्लो समय भारतको केरला राज्यमा यसको सङ्क्रमण पुष्टि भएपछि र एक जना बालकको मृत्युपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन भनिएको छ ।
‘निपाह’ भाइरस पशुबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । प्राकृतिक रूपमा ‘फ्रुट ब्याट’ भन्ने प्रजातिको चमेरोमा यो भाइरस पाइन्छ ।
त्यस्तै यो भाइरस पशुबाट पशु, पशुबाट मानिस र मानिसबाट मानिसमा पनि सर्न सक्छ भने सङ्क्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्न सक्छ ।
भारतमा हालसम्म यो भाइरस तीन पटक देखा परेको छ भने बंगलादेशमा पनि यो भाइरस फेला परिसकेको छ । नेपालमा भने अहिलेसम्म यसको सङ्क्रमण पुष्टि भएको छैन । तर जोखिम उच्च रहेको चिकित्सक बताउँछन् ।
‘निपाह’ भाइरसको सङ्क्रमणपछि ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी दुख्ने, मानिसको मष्तिकमा असर पुर्याउने, अचेत अवस्थामा पुर्याउने जस्ता लक्षण र अवस्था देखिन सक्छ ।
हुन त, यसअघि सन् २०१८ मा ‘निपाह’ को पहिलो सङ्क्रमण भारतको केरलामै फेला परेको थियो । त्यो बेला १७ जनाको ‘निपाह’ का कारण मृत्यु भएको थियो । ‘निपाह’ को सङ्क्रमण हुने व्यक्तिको मृत्यु हुनेदर ७५ प्रतिशत हुन्छ ।
यसवर्ष पनि भारतको केरलामै ‘निपाह’ को सङ्क्रमण पुष्टि भएको छ । गत ४ सेप्टेम्बरमा एक १२ वर्षको बालकमा ‘निपाह’ को सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरियो । तर, उपचारको क्रममा २ दिनमा मृत्यु भयो ।
‘निपाह’ भाइरस सार्ने चमेरो नेपालमा पनि पाइने, त्यस्तै सुङ्गुर पालन नेपालमा व्यवसायकै रुपमा हुने र भारत नेपालको खुल्ला सीमानाले गर्दा मानिसको आवतजावत सहज हुँदा नेपाल निपाह भाइरसको उच्च जोखिममा रहेको छ ।
त्यसबाहेक १ सय ८० जनामा पनि ‘निपाह’ को सङ्क्रमण पुष्टि भएकोमा २० जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका थिए ।
भारतको दक्षिणी क्षेत्रमा ‘निपाह’ का कारण बालकको मृत्यु हुनु र सङ्क्रमण पुष्टि भएपछि नेपालमा जोखिम हुन सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतसँग नेपालको खुुला सीमानाका कारण नेपालमा पनि ‘निपाह’ को जोखिम उच्च रहेकाले सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो ।
‘निपाह’ भाइरसको निश्चित उपचार छैन । अहिलेसम्म यो भाइरसविरुद्ध खोप पनि बनिसकेको छैन । त्यसैले भाइरसबाट बच्नका लागि बिरामी पशुपंक्षी नजिक नजाने र पशुपंक्षीसँगै काम गर्ने व्यक्तिहरू होसियार रहनुपर्छ ।
तरकारी, माछामासु राम्रोसँग पकाएर र फलफूल राम्रोसँग पखालेर खाने, सरसफाइमा पनि ध्यान दिने गर्नुपर्छ ।
गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर पिउने, बेलाबेलामा साबुन पानीले हात धुने र भीडभाडमा मास्क लगाउनाले भाइरसको सङ्क्रमणबाट जोगिन सकिन्छ । जनावरले टोकेको वा दाग लागेको फलफूल र तरकारीको सेवन नगर्ने ।
तर, नेपालमा ‘निपाह’ भाइरसको महामारी नै फैलने सम्भावना भने तत्काल देखिँदैन । कारण, यो भाइरसको हालसम्मको अवस्थालाई हेर्ने हो भने सीमित क्षेत्रमा मात्रै फैलिने गरेको छ ।
कोभिड र निपाह भाइरसको लक्षण धेरैजसो मिल्दोजुल्दो छ । कुन भाइरस हो भन्ने कुरा पत्ता लगाउन परीक्षणमा नै विशेष जोड दिनुपर्ने हुन्छ ।
विभिन्न कारणहरुले कुन रोग हो भनेर अनुमान गर्न सकिन्छ, तर, थाहा पाउनका लागि भने परीक्षण नै गराउनु उचित हुन्छ ।
नेपालमा निपाहको महामारी फैलने जोखिम कति छ ?
निपाह भाइरस चमेरो, सुँगुर र मानिसबाट मानिसमा नै सर्ने हुँदा नेपालमा पनि यसको जोखिम छ ।
‘निपाह’ भाइरस सार्ने चमेरो नेपालमा पनि पाइने, त्यस्तै सुङ्गुर पालन नेपालमा व्यवसायकै रुपमा हुने र भारत नेपालको खुल्ला सीमानाले गर्दा मानिसको आवतजावत सहज हुँदा नेपाल निपाह भाइरसको उच्च जोखिममा रहेको छ ।
तर, नेपालमा ‘निपाह’ भाइरसको महामारी नै फैलने सम्भावना भने तत्काल देखिँदैन । कारण, यो भाइरसको हालसम्मको अवस्थालाई हेर्ने हो भने सीमित क्षेत्रमा मात्रै फैलिने गरेको छ ।
नेपालमा हालसम्म निपाहको पुष्टि भएको छैन् । भारतमा पनि निपाह भाइरस त्यति धेरै फैलिएको अवस्था छैन् । नेपालमा अहिले भनेको अलर्ट गरिएको हो ।
यदि निपाह पुष्टि भइहालेमा मानिसको मृत्युदर एकदम उच्च भएको हुनाले समयमा नै होसियार हुनुपर्छ । तर, अहिले नै निपाह’ नेपाल आइसक्ने अवस्था छैन् ।
भविष्यमा पनि हुँदैन भन्ने होइन तर, तत्काल महामारीकै रुपमा फैलने सम्भावना कम छ । आत्तिहाल्ने अवस्था नरहेको हुँदा सतर्कता नै उचित विकल्प हो ।
(सङ्क्रामक रोग विशेषज्ञ डा.अभिजित अधिकारीसँग गरिएको कुराकानीमा आधारित)
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८, ११:५३