काठमाडौँ । काठमाडौँसहित विभिन्न सात जिल्लाको नेपाली काँग्रेस पार्टीको वडा अधिवेशन आज हुँदैछ । काठमाडौसँगै मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुराको वडा तहको अधिवेशन आज हुन लागेको निर्वाचन समितिले जनाएको छ ।
क्रियाशील सदस्यता बारेको विवाद नटुङिगएका कारण यी जिल्लाको वडा अधिवेशन हुन सकेको थिएन ।
काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाका अनुसार संशोधित कार्यतालिका अनुसार ७ जिल्लाको अधिवेशन आज हुन लागेको हो ।
प्रदेश २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको क्रियाशील सदस्यता बारेको विवाद भने अझैँ समाधान हुन सकेको छैन । यही असोज ९ गतेको लागि तोकिएको गाउँ/नगर अधिवेशनअघि वडा अधिवेशन सक्नैपर्ने वाध्यता काँग्रेसलाई छ ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८, ०९:१५