काठमाडौँ । यसवर्षको चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ यही असोज ११ गतेबाट खुला गर्ने सहमति भएको छ ।
गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीबीच भएको छलफलमा अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुला गर्ने निणर्य भएको हो ।
यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले अग्रिम टिकट बुकिङ खुला गर्ने निणर्य भएको सीआईएनसँग बताउनुभयो ।
यो वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यसअघि यातायात व्यवसायीहरूले सडक मर्मत नगरे दसैँका लागि अग्रिम टिकट बुकिङ नखुलाउने चेतावनी दिँदै आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८, १०:०३