काठमाडौँ । सरकारले पर्यटकका लागि शर्तसहित अनअराइभल भिसा खुला गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरेको हो ।
नेपालको कानुन अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले कोरोनाविरुद्धको खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा (आगमन विन्दुमै भिसा) दिइने अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो ।
शर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८, १०:१३