काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले पुर्नकर्जा कार्यविधि तेस्रोपटक संशोधन गरेको छ ।
संशोधित कार्यविधिमा अब पूर्वाधार विकास बैङ्क पुर्नकर्जाको लागि आवेदन पेश गर्न योग्य भएको उल्लेख छ ।
नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि कर्जा प्रदान गर्ने, मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैङ्कले तोकेका ग्राहक ऋणीका लागि ६ महिना अवधिको हुने कार्यविधिमा उल्लेख गरिएको राष्ट्र बैङ्ककले जारी गरेको कार्यविधिमा उल्लेख गरिएको छ ।
कोभिड-१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप स्रोत आवश्यक पर्ने भएकाले पुनर्कर्जा प्रयोजनको लागि प्राप्त हुने कूल स्रोत रकमको अधिकतम ४ दशमलव १२ गुणासम्म दिइने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८, १०:१७