काठमाडौँ । कोभिड-१९ को पहिलो र दोस्रो लहरले पाल्पाको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ ।
पाल्पा पर्यटन क्षेत्रको लाभका दृष्टिकोणले उच्च सम्भावना बोकेको जिल्ला हो । पाल्पामा अनुपम प्राकृतिक, सामाजिक, धार्मिक एवं जैविक विविधताका कारण यस क्षेत्रमा पर्यटनको सम्भावना धेरै छ ।
कोभिड-१९ महामारीले थला परेको पर्यटन क्षेलाई पुरानै लयमा फर्काउने सरकारी योजना भने प्रभावकारी हुन सकेको छैन । जसले गर्दा अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रहरू भने अप्ठेरोमै छन् ।
यही कारण पाल्पाका केही पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने प्रयास गरेको छु ।
सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रुद्र सेनले १५६३ सालमा पाल्पा राज्यको स्थापना गरेका थिए भने मुकुन्द सेन प्रधानमन्त्रीको नेतृत्वमा पाल्पा राज्यको विस्तार काठमाडौँ धनकुटा र भोजपुर सम्म भएको पाइन्छ ।
झण्डै ४ सय ९८ वर्षसम्म शासन गर्ने सेन राजाहरू मध्ये पछिल्ला राजा पृथ्वीपाल सेनको पालामा वहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्याइँले पाल्पा राज्य वि.सं १८६१ मा नेपाल राज्यमा गाभिएको थियो ।
यस जिल्ला का महत्पूणर् पर्यटकीय स्थानहरू पाल्पा दरबार, भगवती मन्दिर, अमर नारायण मन्दिर, रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भादेवी, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लम महाकाली, दर्लमडाँडा, महामृत्युन्जय शिवासन बराङ्दि र पूर्वको रामपुरदेखि पश्चिमको बल्ढेङगढीसम्म धेरै पर्यटकीय स्थलहरू छन् ।
पाल्पालाई चिनाउने दर्जनभन्दा बढी महत्पूणर् स्थान सदरमुकाम तानसेन आसपासमै छन् । यस मध्यको एक गन्तव्य हो,
भैरवस्थान मन्दिर
पाल्पाका तत्कालीन सेन वंशीय राजा मणिमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्दथे ।
सं २०१४ सालमा तत्कालीन राजा महेन्द्र दर्शनका निम्ति यहाँ आएपछि यसको महत्व झन् बढ्दै गएको पाईन्छ ।
एसियाकै सबैभन्दा ठूलो त्रिशूल रहेकाले पनि पर्यटकको आकर्षण यहाँ बढेको हो । पौराणिक मान्यताअनुसार पाल्पा गौँडाका प्रमुख राजा खड्क शमशेरले आफ्नी रानीको इच्छाअनुसार मन्दिरमा त्रिशूल चढाएका थिए ।
त्रिशूलमा सुनको लेपन लगाइएको हुँदा जतिबेला पनि नयाँ र ताजा जस्तै देखिन्छ । त्यस्तै मन्दिरको अर्को विशेषता भाकलस्वरुप ल्याइएका पशुको बलि दिँदा खुकुरी, खुर्पा र दाउलाई अहिलेसम्म धार नलगाइकन एकै पटकमा सजिलैसँग काटिने गरेको यहाँका समुदाय बताउँछन् ।
दसैँको नवरात्र, वैशाख र मङ्सिरमा बढी भीड लाग्ने गरेता पनि पछिल्लो समय बाह्रै महिना मन्दिरमा पूजाआजा र अवलोकनका निम्ति पर्यटकको सङ्ख्या बढ्दो छ ।यहाँबाट विभिन्न हिमशृङ्लाको पनि दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो ।
मन्दिरको आडैमा रहेको सुन्दर पार्कले नयाँ पुस्तालाई लोभ्याएको छ । सुन्दर बगैँचा, लहलह झुलेका विभिन्न प्रकृतिका फूलहरूले हिजोआज बुढापाका, युवायुवती र बालबालिकाको पनि मन लोभ्याइरहेको छ ।
मन्दिरले ४ सय वर्ष पुरानो इतिहास बोके पनि चार वर्ष अगाडि बनेको सुन्दर उद्यानले नयाँ पुस्तालाई आकर्षित तुल्याएको छ । यस पार्कलाई ‘लभ पार्क’ नामले पनि चिनिन्छ ।
दुई तलामा रहेको मन्दिरको माथिल्लो भागमा बटुक भैरवको मूर्ति र तल्लो भागमा महाकाल भैरवको मूर्ति छ । महाकाल भैरव मूर्तिलाई कालो कपडाले छेकिएको छ ।
काल भैरवको मूिर्त विकराल भएकाले पुजारी, दर्शनार्थी कसैलाई पनि हेर्न दिइँदैन । यो मूर्ति देख्नेबित्तिकै तर्सिने, झस्किने भएको हुँदा प्राचीनकालदेखि नै मन्दिरका पुजारीले मूर्ति अगाडि छोपिएको कालो कपडा बाहिरबाट पूजा गर्ने गर्दछन् ।
महाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको पूजारी रघुनाथ योगीले बताउनुभयो ।
भैरव बाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले विभिन्न ठाउँबाट आउने दर्शनार्थीले प्रसादस्वरुप रोट चढाउँदै आएका छन् ।
यहाँ हाँस, कुखुरा, बोका, पाडाको पनि बलि दिने गरिन्छ । तानसेन-तम्घास सडक खण्डमा अवस्थित यस मन्दिरले जिल्लाको धार्मिक तथा पर्यटन विकासका लागि महत्वपूणर् भूमिका खेलेको छ ।
रानिमहल
करिब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा छन् ।
ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिवलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाँध्ने तबेला, ठूला घण्टसहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ ।
नेपालको ताजमहल भनेर चिनिने रानीमहललाई कालीगण्डकी करिडोरसँग जोडिएसँगै रानीमहल पुग्ने पर्यटकहरूको सङ्ख्यामा आशातित प्रगति देखिएको छ ।
उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोरले रानीमहललाई राम्दीदेखी अर्गलीसम्मको सडक यातायातसँग जोडेसँगै यहाँ पुग्ने पर्यटकहरूको सङ्ख्या बढेको छ ।
प्रेम दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतीक्षा गर्नेहरूको भीड लाग्ने गर्छ। नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई प्रेम गर्नेहरूले धेरै मन पराउँछन् ।
अरुका लागि मायाप्रेमको प्रतीक बनेको यो ठाउँ आफैँलेचाहिँ माया पाउन सकेको छैन। धार्मिक र प्रर्यटकीय दृष्टिले महत्वपूणर् रानीमहलमा जिल्ला सदरमुकाम तानसेनदेखि ३ घण्टाको पैदल दूरीमा पुग्न सकिन्छ ।
तर अहिले यहाँ पुग्ने कच्ची सडक निर्माण भएको छ । पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं। १९४९ मा सुरु गरी ५ वर्ष लगाएर विस १९५४ सालमा रानीमहल निर्माण पूरा गरेका थिए ।
सँच्चा प्रेमको प्रतीक ठानिने रानीमहल प्रेम जोडीहरूको प्रमुख गन्तव्य मानिँदै आएको छ ।
रम्भादेवी मन्दिर
पाल्पा सदरमुकाम तानसेनदेखि करिव २८ किलो मिटर पूर्वमा पर्ने रम्भादेवी मन्दिर २०३२ सालमा सुनको जलप लगाएको रम्भादेवीको मूर्ति मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीहरूले डोकोमा बोकेर मूर्ति ल्याउने लैजाने गर्दै आएका छन् ।
यो जिल्लाकै अनौठो पर्यटकीय गन्तब्यको रुपमा विकास भइरहेको छ । पाल्पामा रहेको रम्भादेवी मन्दिरमा ४० वर्षदेखि यसरी नै मूर्तिको संरक्षण हुँदै आएको छ । मन्दिरका दुई मध्ये एक जना पुजारीले मूर्ति र शीला बोकेर मन्दिरमा आउँछन् ।
अर्का पुजारीले अक्षता घरघरमा उठाउँदै मन्दिर पुग्ने गर्दछन् । मन्दिरका मूर्ति चोरी हुन थालेपछि रम्भादेवी मन्दिरमा मूर्तिलाई लुकाएर संरक्षण गरिँदै आइएको छ ।
मन्दिरका पुजारीहरूले पूजापाठ सकेर दिनहुँ मूर्ति बोकेर लैजाने गर्दछन् ।
अर्को दिन बिहानै उक्त मूर्ति बोकेर मन्दिरमा ल्याई पूजापाठ गरी पुनः लैजाने गर्दछन्।बस्तिदेखि टाढाको घना जङ्गलको बीचमा रम्भापानीको मन्दिर रहेकोले राति मूर्ति र शीला चोरी हुने डरले पुजारीले सधैँ ताहुँ बजारको घरमा ल्याउने र लैजाने गर्दै आएका हुन् ।
मन्दिरमा तत्कालीन कमाण्डर ईन चिफ रुद्र शमशेरले विसं १९९९ मा गहना र घण्टा चढाएको किम्बदन्ती छ । यो पाल्पा जिल्लाकै पर्यटकीय र धार्मिक केन्द्रको रुपमा रहेको मन्दिर हो । पाल्पा जिल्लाका धेरै महत्पूणर् पर्यटकीय क्षेत्र छन् ।
जिल्ला आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक जिल्ला सदरमुकाम तानसेनबाटै फर्कने गरेका छन् । पछिल्लो समय युवा केशव कार्कीले भालेबास क्षेत्रमा पर्यटक भुलाउने पार्क निमाणर् गर्नुभएको छ ।
जिल्लामै रहेर होटल व्यवसाय गरेका कमल कार्कीले पनि पर्यटकको आर्कषणका लागि रमाईलो फन पार्क निमाणर् गर्नुभएको छ ।
करिव एक करोडभन्दा बढी लगानीमा यो पार्क निमाणर् गरिएको हो । अहिलेको सङ्घीय संरचना अनुसार पाल्पालाई २ नगरपालिका र ८ गाउँपालिकामा विभाजन गरिएको छ ।
जिल्लामा २ लाख ६१ हजार जनसख्या छ भने १ सय ९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलेको छ ।
श्रीनगर डाँडा हरियाली स्वच्छ हावापानी तथा मनोरम प्राकृतिक सुन्दरताका कारण आन्तरिक तथा बाह्य पर्यटकको तानसेन पाल्पा पछिल्लो समय मानिसहरूको रोजाइमा पर्ने गरेको छ ।
यहाँ रमाइरहेका मानिसहरूको भीडले पनि पर्यटन नगरी पाल्पाको उचाइलाई थप पुष्टि गर्दछ ।
बिदाको दिन पिकनिक खाने घुमफिर गर्नेको भीड नै लाग्छ । सल्लाघारीको सिरसिरे हावा, प्राकृतिक सौन्र्दय, हिमालका मनोरम दृश्यवालोकन र श्रीनगरमा निर्माण भएको ९ तले भ्यु टावरबाट तराइ, पहाड र हिमालको दृश्य मजाले हेर्न सकिन्छ ।
श्रीनगर
श्रीनगरको डाँडामा निर्माण भएको ३२ मिटर अग्लो ९ तले भ्युटावर यहाँको प्रमुख आर्कषण हो भने सुन्दर बगैचा, एकान्त वातावरणले पनि सबैको मन लोभ्याउँछ ।
भ्यु टावरबाट तानसेन बजार, माडीफाट, तराइका समथर भूभाग र बिभिन्न हिमशृङ्खलाले जो कोहीलाई पनि आनन्दित बनाउँछ । मौसम सफा हुँदा यहाँबाट माछापुच्छ्रे, धवालागिरी, अन्नपूणर्लगायत हिमालका सेतै टल्केका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।
बालबालिका खेल्नका लागी चिल्ड्रेन पार्क पनि रहेको छ । हनुमान मूर्ति, बौद्ध स्तुप लगायत अन्य हेर्न लायक संरचना पनि रहेका छन् ।
श्रीनगरमा नयाँ वर्षको दिन मानिसहरूको भीडभाड हुने गरेको छ । फागुन र चैतमा श्रीनगर डाँडा लालिगँरासले राताम्य हुने गर्छ । श्रीनगरमा विशेष गरी तन्नेरी पुस्ताको आर्कषणको केन्द पनि मानिन्छ ।
बिदाका दिन सयौँ जोडीहरू यहाँ आउने गर्छन् । मनोरमा र एकान्तमय वातावरणका कारण युवायुवतीको रोजाइमा श्रीनगर पर्ने गरेको छ । पछिल्लो समयमा श्रीनगरले धेरै कलाकर्मीको ध्यान खिच्न सफल भएको छ ।
यहा थुप्रै राष्ट्रिय स्तरका राष्ट्रिय चलचित्र तथा म्युजिक भिडियो छायाङ्कन गरिएका छन् ।
प्रकाशित मिति: शनिबार, असोज ९, २०७८, १५:१२