काठमाडौँ । सरकारले वैदेशिक रोजगारको लागि मलेसिया जाने नेपाली श्रमिकलाई आउँदो माघपछि मात्रै अनुमति दिने भएको छ । कोरोना महामारीपछि मलेसियाको सरकारले नै भिसा नदिएकाले सरकारले अनुमति रोकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
सीआईएनसँग कुरा गर्दै विभागका सूचना अधिकारी कमल ज्ञवालीले आउँदो पुसमाघपछि मात्रै अनुमति दिने तयारी भएको बताउनुभयो ।
स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै बर्सेनि झण्डै पाँच लाख युवा मलेसिया जाने गरेको तथ्याङ्क विभागसँग छ । यद्पी कोरोना महामारीपछि भने विदेशिने नेपालीको सङ्ख्यामा कमि आएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८, ०८:००