काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना, सङ्घीय सरकार गठनमा गठबन्धन बनाएका दलहरूबीच तल्लो तहसम्मै एक भएर जाने बारेमा छलफल सुरु भएको छ ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधि सभा विघटनको निणर्य गरेदेखि नै विरोधमा उत्रिएका नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाज वादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबीच तल्लो ततहसम्मै गठबन्धनलाई एक बनाएर जाने बारेमा छलफल सुरु भएको हो ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सङ्गठन एक बनाउने बाहेकका काममा सहकार्य गर्ने बारेमा गठबन्धन दलबीच छलफल सुरु भएको सीआईएनसँग बताउनुभयो ।
गठबन्धन निर्माणमा निर्णायक भूमिका खेलेको नेकपा एकीकृत समाजवादी पार्टीमा पनि यस बारेमा अनौपचारिक छलफल सुरु भएको छ ।
अध्यक्ष माधव नेपालले गठबन्धनलाई तलैसम्म निरन्तरता दिने बारेमा सत्ताधारी दलमा छलफल चलाएको सचिव जगन्नाथ खतिवडाले सीआईएनसँग बताउनुभयो ।
सीआईएनसँग कुराकानी गर्दै एक जना विश्लेषक जैनेन्द्र जीवनले भने स्थानीय स्तर सम्मै सत्ता गठबन्धनलाई निरन्तरता दिन चुनौती रहेको टिप्पणी गर्नुभयो ।
चुनावको बेलामा गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टीसँग काँग्रेस, एमाले, माओवादी केन्द्रको प्रतिस्पर्धा हुने उल्लेख गर्दै उहाँले छलफल चले पनि तल्लो तहसम्म सहकार्यकफ म्भावना कम रहेको टिप्पणी गर्नुभयो ।
प्रतिनिधि सभाको विघटनविरुद्ध अदालतमा मुद्दा दायरदेखि दुवै पटक प्रतिनिधि सभा पुनस्तापना, काँग्रेस सभापति समेत रहनु भएका शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनमा गठबन्धन एक छ ।
प्रदेश १ र वागमती प्रदेशमा पनि आफ्नो नेतृत्वमा सरकार गठनको तयारीमा रहेको सत्ताधारी दलबीच आगामी चुनावसम्मै गठबन्धन गर्ने बारेमा छलफल भइरहेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८, ०८:३०