काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी नामावली सार्वजनिक गरेको छ ।
समितिले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यता विवाद समाधान गरेको काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले सीआईएनसँग बताउनुभयो ।
योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छ भने अब ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन बाँकी छ । काँग्रेसको ५४ जिल्लामा पालिका हिजो अधिवेशन भएको थियो ।
बाँकि पालिकामा आज अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८, ११:४२