काठमाडौँ । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक नेताहरूको व्यस्तताका कारण अनिश्चित बनेको छ ।
हिजो बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमतिका बारेमा केही नेताहरूले प्रश्न उठाएपछि छलफलका लागि आज स्थायी कमिटी बैठक बस्ने नेताहरूले बताएका थिए ।
सीआईएनसँग कुराकानी गर्दै एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेताहरूको व्यस्तताका कारण बैठक अनिश्चित बनेको बताउनुभयो ।
उहाँका अनुसार अब अर्को सूचना भएपछि मात्रै स्थायी कमिटी बैठक बस्नेछ ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८, ११:५१