काठमाडौँ । सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटमा आफू निकटका नेताकार्यकर्ता खुसी पार्नका लागि केही व्यवस्था गरिएको भन्दै विज्ञहरूले खर्च गर्दा सावधानी अपनाउनुपर्ने बताएका छन् ।
कार्यकर्तामुखी बजेट ल्याउनेमा वर्तमान सरकार मात्रै नभएर केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकार पनि आलोचनामुक्त नभएको उनीहरूको भनाइ छ ।
सीआईएनसँग कुराकानी गर्द पूर्व अर्थ सचिव रामेश्वर खनालले बजेटको मूल मर्ममा कुनै प्रश्न नरहे पनि प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका अकर्षकका नाममा ल्याइएका कार्यक्रमलाई थप पारदर्शी बनाउनुपर्ने सुझाव दिनुभयो ।
‘तयारी नगरिएका, सम्भावित अध्ययन नभएका आयोजनामा पैसा राखेर खर्च गर्दा जथाभावी हुने अवस्था आउँछ ।’ खनालले थप्नुभयो, ‘श्रमसहकारीमार्फत १० करोडको रकम दिने भन्ने अहिलेको सरकारको कार्यक्रमले पनि राजनीतिक लाभ लिने स्वार्थ राखेको देखिन्छ ।’
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८, १०:५४