काठमाडौँ । प्रदेश २ मा विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले सीआइएनसँग कुरा गर्दै मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने बताउनुभयो ।
अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो ।
अख्तियारले छापा मारेको विषयलाई मुख्यमन्त्री राउतले भने पत्रकार सम्मेलन गरी आपत्ति जनाइसक्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८, १२:२७