काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यवसायीहरूको संगठन ुपर्यटन व्यवसायी संगठन नेपालु पुर्नगठन भएको छ ।
हालै सम्पन्न भेलाले पर्यटन व्यवसायी अन्जन कुमार थापाको अध्यक्षतामा ७५ सदस्यीय पदाधिकारी तथा केन्द्रीय समिति बनाएको हो ।
पुनर्गठित संगठनको उपाध्यक्षहरूमा वीरेन्द्र अधिकारी , दामोदर ढकाल , गणेश रिमाल, अर्जुनलाल प्रधान, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेन्जिङ शेर्पा तथा रामकृष्ण तिमल्सिना रहनु भएको छ ।
महासचिवमा बद्रि प्रसाद तिमल्सिना उपमहासचिवमा नमराज गौली केशव धिताल चयन हुनुभएको छ भने सचिवमा सुमन न्यौपाने, प्रदिप पण्डित, विष्णु बराकोटी , अच्युत गुरुङ , तिलक लोहनी तथा उत्तम कार्की रहनु भएको छ ।
संगठनको कोषाध्यक्षमा नवराज थापा तथा सहकोषाध्यक्षमा सुनिल सिलवाल चयन हुनुभएको पर्यटन व्यवसायी योगेन्द्र थापाले जानकारी दिनुभयो । पुनर्गठित पर्यटन व्यवसायी संगठन नेपालमा ५५ केन्द्रीय सदस्य रहेका छन् ।
नवगठित पदाधिकारीहरु सबै सचिवालय सदस्य रहने भएका छन् । मनोनित आठ जना उपाध्यक्षहरु मध्य सात जना सात प्रदेश र एकजना उपत्यका विशेष हेर्ने गरि गठन गरिएको जनाइएको छ ।
पर्यटन व्यवसायी संगठन नेपालको विशेष सल्लाहाकार समितीमा मदन आचार्य, योगेन्द्र थापा, शिव लामिछाने, भीम पन्त तथा कृष्णहरि खत्रिलाई चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष थापाले पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायीको हकहितका विषयमा काम गर्नका लागि आफू र आफ्नो संगठन सधै अग्रसर रहने बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८, १२:४९