काठमाडौँ । तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताको उपस्थिति, रुकुमको चुनावाङ बैठकको समय ।
शीर्ष नेताहरूको सामुन्ने हार्मोनियम र गिटारको सहयोगमा यो गीत प्रत्यक्ष गाउनुपर्ने भएपछि माधव श्रेष्ठ उर्फ मोहित नेतृत्वको टोलीले एक हप्तादेखि तयारी गर्यो ।
त्यसो त २०६० सालको चुनबाङ बैठकअघि पनि मोहित श्रेष्ठले जनवादी गीत गाइसक्नु भएको थियो ।
खारा, बेनीलगायतका लाडाईँमा पार्टीले ब्यहोरेको उल्लेख्य क्षतिको घाउ आलो छँदै अहिलेका प्रदेश ५ का सभामुख पूर्ण घर्तीको शब्द, आफ्नै सङ्गीत र स्वरमा साथीहरूसँग ‘कसले भन्छ यहाँ क्रान्ति सफल हुँदैन’ बोलको गीत गाएपछि मोहितको चर्चा एक्कासी चुलियो ।
‘कोही धनी कोही गरिब नहुने समानताको विषय थियो । गीत पनि हामीले त्यस्तै गायौँ । तर पछिल्लो चरणमा पुग्दा क्रान्ति हारेको जस्तो महसुस भयो ।’
नेताहरूले मन्त्रमुग्ध भएर गीत सुने । हिसिला यमीको धाप अझैँ सम्झनामा आउँछ । ‘पार्टीभित्रको आन्दोलनको रामेस र रायन जस्तो भन्नुभयो । चुनावङको बैठक सकिएपछि छुट्टिने बेलामा उहाँले त्यस्तो भनेको कुरा अझैँ पनि सम्झन्छु ।’ मोहितले सीआईएनसँग भन्नुभयो ।
१८ वर्षको उमेरमा भूमिगत हुनु भएका मोहित दुई वर्ष तत्कालीन जिल्ला सक्रेटरी सुनिल थापाको अङग रक्षकको भूमिकामा रहनुभयो । र त्यसपछिका ४ वर्ष जनमुक्ति सेनामा बिताएपछि तत्कालीन पार्टीको प्रतिरोध सांस्कृतिक परिवारमा आवद्ध भएपछि गीत लेख्ने, सङ्गीत भर्ने र गाउने दैनिकी हुन थाल्यो ।
क्षेत्रीयस्तरको प्रतिरोध र केन्द्रीय स्तरको सामाना परिवारमा गरी झन्डै ६ वर्ष गायनमा बिताएपछि पार्टीमा देखिएको उतारचढाव, कलाकारप्रतिको हेराइबुझाइ नियाल्दै गर्दा गायक मोहितलाई लाग्न थाल्यो कि गीतका शब्दले मात्र क्रान्ति गरेर नपुग्दो रहेछ ।
‘कोही धनी कोही गरिब नहुने समानताको विषय थियो । गीत पनि हामीले त्यस्तै गायौँ । तर पछिल्लो चरणमा पुग्दा क्रान्ति हारेको जस्तो महसुस मलाई भयो ।’ उहाँले थप्नुभयो ।
दर्शक, स्रोता र साथीभाइ बिर्सने अवस्था आयो ।' आँखाभरि आसुँ लिएर मोहितले भन्नुभयो, 'चलचित्र निर्देशनको तालिमको प्रमाणपत्र थियो, त्यो पनि खाल्टोमा हालेँ । पछि मेरो भिनाजुले यस्तो गर्नुहुन्न भन्नुभयो ।
२०६५ पछिको समयमा त यति निराशा छायो कि, गीत गाएर पाएका पुरस्कार, प्रमाणपत्र, सम्मानजति सबै खाल्डोमा गाड्नुपर्ने भयो ।
१० वर्षअघिका ती दिन सम्झँदा गायक तथा सङ्गितकार मोहितलाई आँसु थाम्न मुस्किल हुन्छ ।
'मेरा भावी पुस्ताले यो सङ्गीत क्षेत्रमा हात न हालून् भन्नेसम्म पुगेँ म । मलाई त्यस्तो खालको फ्रस्टेशन पैदा भएको थियो । दर्शक, स्रोता र साथीभाइ बिर्सने अवस्था आयो ।' आँखाभरि आसुँ लिएर मोहितले भन्नुभयो, 'चलचित्र निर्देशनको तालिमको प्रमाणपत्र थियो, त्यो पनि खाल्टोमा हालेँ । पछि मेरो भिनाजुले यस्तो गर्नुहुन्न भन्नुभयो । खाल्डोबाट धुलो टकटक्याउँदै राख्दिनुभयो । यस्तो वेदना त हजारौँ कलाकारले भोगेका होलान् ।'
तत्कालीन सशस्त्र द्वन्द्वप्रति नेता कार्यकर्ता, समर्थकको लगाव जगाइराख्न कलाकारको ठूलो भूमिका थियो ।
तर शान्ति प्रक्रिया हुँदै अहिलेसम्म आउँदा सीमित बाहेकका कलाकार पलायन र चरम निराशामा रहेको उहाँको बुझाइ छ ।
उहाँले भन्नुभयो, 'म त गुमनाम नै भएँ । पार्टीसँग जोडिएका कलाकारले केही पाए कि पाएनन् त्यो त म भन्न सक्दिन । म जस्ता सयौँ साथीहरू पार्टीभन्दा बाहिर बेरोजगार छन् । उनीहरूको जिन्दगी हेर्दा त कुनै सेवासुविधाको व्यवस्था भएन भन्ने नै लाग्छ ।'
राजनीतिबाट अलग भइसकेपछि जनवादी कलाकारको परिचयले बाँच्न न सकिने भयो । र त माया, प्रेमका गीतमा पनि काम गर्नु परेको मोहित सुनाउनुहुन्छ ।
उहाँले जीविकोपार्जनका लागि कुखुरापालन गर्नुभयो । त्यसैमा नाफा, घाटाको लुकामारी चलिरहेको छ । सेना, कलाकार र किसान हुनुको अर्थ खोज्दै जाँदा मोहितलाई अचेल लाग्छ गीत गाएर इतिहास बनाउने हुटहुटी पनि छाड्नै नसकिने नसा हुनेरहेछ ।
पछिल्लो समयमा भने यो उमेरसम्म आइपुग्दा केही नगरे पनि कमसेकम इतिहासमा बाबाले यो धन्दा गरेको रहेछ भन्ने इतिहास बनोस् भनेर नै आफ्ना रचनाहरू सङ्ग्रहित गर्ने काममा लागेको उहाँको भनाइ छ ।
डेढ सयको हाराहारीमा प्रगतिवादी गीत गाइसकेपछि हिजोआज जीवनजगत, संयोगवियोगका गीतमा पनि स्वर दिन थाल्नु भएको छ ।
राज्यको तर्फबाट एक रुपैयाँ सहयोग नपाए पनि साथीले दिएको १५ हजारमा थपथाप गरी मोहितले केही दिनअघि एउटा गीत रेकर्ड गर्नुभयो ।
रोल्पा जङ्कोट ८ नम्लीमा जन्मे पनि हाल दाङको घोराहीमा बस्दै आउनु भएका उहाँले जीविकोपार्जनका लागि कुखुरापालन गर्नुभयो । त्यसैमा नाफा, घाटाको लुकामारी चलिरहेको छ ।
सेना, कलाकार र किसान हुनुको अर्थ खोज्दै जाँदा मोहितलाई अचेल लाग्छ गीत गाएर इतिहास बनाउने हुटहुटी पनि छाड्नै नसकिने नसा जस्तै हुनेरहेछ ।
अडियो सुन्नका लागि क्लिक गर्नुहोस्ः
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६, १४:२५