काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरूको बारेमा निणर्य गर्न आज स्थायी कमिटीको बैठक बोलाएको छ ।
पार्टी कार्याृलय पेरिसडाँडामा सुरु हुने बैठकमा सरकारमा जानेहरूको बारेमा छलफल गरी टुङ्गोमा पुगिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठक बस्ने समय भने निश्चित नभएको उहाँले बताउनुभयो ।
मन्त्रीका आकाङ्क्षी धेरै भएपछि निणर्यमा पुग्न माओवादी केन्द्रको नेतृत्वलाई समस्या भएको छ । हिजोको स्थायी कमिटी बैठकमा विद्यार्थी सङ्गठनको नेतृत्वको बारेमा मात्रै चर्चा भएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८, ०८:२४