काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै जाँदा नेताकार्यकर्ता भने गुट परिवर्तनको होडबाजीमा छन् ।
लामो समयदेखि एउटा गुटमा बसेका नेताहरू महत्वपूणर् पदमा उम्मेदवारी नपाउने स्थिति देखिएपछि गुट फेर्न लागेको कतिपयको बुझाइ छ ।
१३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा, संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाको गरी तीन गुटमा बाँडिएको काँग्रेसमा आगामी महाधिवेशनमा गुटको सङ्ख्या बढ्ने देखिन्छ ।
अघिल्लो महाधिवेशनमा सभापति देउवासँगै रहनुभएका उपसभापति वीमलेन्द्र निधि यसपटक फरक कित्तामा उभिनुभएको छ । केन्द्रमा भएको गुटगत राजनीतिको असर तल्लो तहसम्मै परेको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बताउनुभयो ।
उम्मेदवारी नपाउने स्थिति देखिएपछि गुट फेर्ने गरेको केसीले बताउनुभयो ।
महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएका नेता गगन थापा, कृष्ण सिटौलाको गुट छोडेर रामचन्द्र पौडेलतिर लाग्नुभएको छ । महामन्त्रीकै आकाङ्क्षी मध्येका नेता प्रदिप पौडेल सभापति उमेद्वारको आधारमा गुटहरू बन्ने बताउहुन्छ ।
महाधिवेशनमा उम्मेदवारी खोज्ने र आफूअनुकुल गठबन्धन बनाउनु स्वभाविक भएको उहाँले बताउनुभयो । तर केन्द्रमा देखिएको गुटको राजनीतिलाई जिल्ला तहका नेताहरूले भने मन पराएका छैनन् ।
नेपाली काँग्रेसका दाङ जिल्ला सभापति कीर्तिबहादुर खड्का पार्टीमा स्वास्थर्को राजनीति बढेको हुनाले गुटको राजनीतिले प्राथमिकता पाएको बताउनुहुन्छ ।
आकाङ्क्षी धेरै भएपछि गुटको नेतृत्व गर्नेलाई समेत उम्मेदवारी मिलाउन सकस परेको छ ।
संस्थापनइतर पक्षका नेताहरूले साझा उम्मेवादर बनाउने अभिव्यक्ति दिइरहँदा सभापति देउवाले समेत नेता कृष्णप्रसाद सिटौला गुटलार्ई साथ लिन खोजेको विश्लेषक पुरञ्जन आचार्यको बुझाइ छ ।
नेपाली काँग्रेसमा अहिले सभापतिका आकाङ्क्षी मात्र ११ जना पुगेका छन् । महामन्त्री पदमा अझैँ धेरैको आकाङ्क्षा देखिन्छ । उम्मेदवारी पाउने सम्भावना जो बाट देखिन्छ अहिले नेताहरू त्यही गुटमा लागिरहेको अवस्था छ ।
तर कतिपयले आफू आवद्ध गुटका नेतालाई घुर्काउन यस्ता गतिविधि गरेको पनि बताइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १८, २०७८, ११:४९