काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
तर आजको बैठकमा पनि अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ । गत भदौ २३ गतेदेखि सुरु भएको संसद्को नवौँ अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।
पार्टीले कारबाही गरेका १४ सांसदको सूची सार्वजनिक नगरेर आफ्नो पार्टी विभाजनमा सभामुखले संलग्नता देखाएको आरोप लगाउँदै एमालेले सदनमा अवरोध गर्दै आएको छ ।
पछिल्ला गतिविधि हेर्दा सरकार विपक्षीलाई पेलेरै अघि बढ्ने स्थितिमा देखिन्छ भने प्रमुख विपक्षी दल आफ्नो मागको सुनुवाइ नभएसम्म बैठक चल्न नदिने अडानमा छ ।
एमालेको अवरोधकैबीच संसदबाट चालु आर्थिक वर्षको बजेटसमेत पास भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८, १०:५६